७ दिनका लागि टेलिकमले ल्यायो यस्तो बोनस सुविधा

काठमाडौं । नेपाल टेलिकमले बिहीबारदेखि २६ गतेसम्म लागू हुनेगरी जीएसएम मोबाइल डाटा सेवाको आधारभूत दरमा ३० प्रतिशत र सीडीएमए मोबाइल डाटा सेवाको आधारभूत दरमा २७ प्रतिशत छुटको व्यवस्था गरेको छ ।

नेपाल सरकारले चैत १६ गते डाटा सेवामा २५ प्रतिशत छुट दिने निर्णयअनुसार यस्तो व्यवस्था गरेको हो । टेलिकमको उक्त व्यस्थाअनुसार जीएसएम मोबाइल डाटा र सीडीएमए मोबाइल डाटामा प्रतिएमबी करसहित महसुल क्रमशः ९० पैसा र ५१ पैसा लागू हुनेछ ।

सात दिनका लागि जीएसएम सेवामा डाटा प्याकमा बोनस उपलव्ध गराउने टेलिकमले निर्णय गरेको छ । सो अन्तर्गत पहिलो प्याकेजमा १ सय रुपैयामा १ जीबी डाटा खरिद गर्दा ३ जीबी बोनस स्वरुप प्राप्त हुनेछ । प्राप्त हुने बोनस कम्पनीको फोरजी नेटवर्कमा ५ दिनभित्र खपत गर्न प्रयोग गर्नु पर्नेछ ।

यसैगरी दोस्रो प्याकेजमा २ सय रुपैयामा २ जीबी डाटा खरिद गर्दा ८ जीबी डाटा बोनस स्वरूप प्राप्त हुनेछ । प्राप्त हुने बोनस कम्पनीको फोरजी नेटवर्कमा ७ दिन भित्र खपत गर्न प्रयोग गर्नु पर्नेछ । यसरी १ सयमा बोनस सहित कुल ४ जीबी र २ सयमा बोनस सहित कुल १० जीबी डाटा प्राप्त हुनेछ ।

यसैगरी कम्पनीकै नेटवर्क भित्र भ्वाइस कल गर्न जीएसएम र सीडीएमए सेवामा हाल उपलव्ध भ्वाइस प्याक खरिद गर्दा ५० प्रतिशत छुट उपलव्ध गराउने निर्णय गरेको छ । सो अन्तर्गत पहिलो प्याकेजमा ४० मिनेटको भ्वाइस प्याक एक दिनका लागि २५ मा खरिद गर्दा २० मिनेट बोनस उपलब्ध पाइनेछ ।

दोस्रो प्याकेजमा १९० मिनेटको भ्वाइस प्याक सात दिनका लागि १०० मा खरिद गर्दा ९५ मिनेट बोनस पाइनेछ । यसरी २५ मा एक दिनका लागि बोनस सहित ६० मिनेट र १०० मा ७ दिनका लागि बोनस सहित २८५ मिनेटको भ्वाइस सेवा प्राप्त टेलिकमले बताएको छ ।

कम्पनीले आगामी बैशाख मसान्तसम्म महसुल ढिलो तिरेवापत लाग्ने जरिवाना मिनाहा गर्ने निर्णय गरेको छ । साथै, पूर्ण लकडाउनको बेलामा समयावधि सकिएका कम्पनीका एडीएसएल र एफटीटीएच लगायत वाइम्याक्स लाइनहरुको म्याद थप गर्ने निर्णय गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

इन्फ्लेक्शनसँग जोडियो राकुटेन भाइबर, सबैका लागि पर्सनल एआई प्रदान गर्ने लक्ष्य

काठमाडाैं । राकुेटेन भाइबरले एआई स्टुडियो इन्फ्लेक्शनसँग साझेदारी गरेको छ। ‘कन्भर्सेसन इज द न्यू इन्टरफेस …

प्रतिकृया दिनुहॊस