प्रदेश १ : ५९ जनाको स्वाब टेष्ट, ४२ को रिपोर्ट नेगेटिभ

काठमाडौं । प्रदेश नं १ मा कोभिड १९ को आशंकामा बिहीबारसम्म ५९ जनाको स्वाब टेष्ट गरिएकामा ४२ को रिपोर्ट नेगेटिभ आएको छ । बाँकीको रिपोर्ट आज आउने त्यहाँको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।

सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा सुरेश मेहताले झापाबाट पाँच, मोरङबाट नौ, सुनसरीबाट २५, धनकुटाबाट र संखुवासभाबाट एकएक, तेर्हथुम, भोजपुर र ओखलढुङ्गाबाट दुई-दुई, सोलुखुम्बुबाट पाँच, उदयपुरबाट चार र पाँचथरबाट तीन शङ्कास्पद व्यक्तिको स्वाब नमूना सङ्कलन गरिएको जानकारी दिए ।

आइसोलेशन वार्डमा बिहीबारसम्म ११ जना भर्ना भएका छन् जसमा पाँच महिला छन् । यसैबीच प्रदेशका विभिन्न जिल्ला स्वास्थ्य कार्यालय, स्थानीय तह, सुरक्षा निकाय तथा अस्पताललाई बिहीबार व्यक्तिगत सुरक्षा सामाग्री ६७६ थान वितरण गरिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सर्वोच्चको आठ बुँदे आदेश- पशुपति क्षेत्रमा गाडी चल्न नदिनू, शव गाड्ने वैकल्पिक ठाउँ खोज्नू

काठमाडौं । सर्वोच्च अदालतले विश्व सम्पदा सूचीमा रहेको पशुपतिनाथ मन्दिर क्षेत्रमा इञ्जिनले चल्ने कुनै पनि …

प्रतिकृया दिनुहॊस