कोरोना पुष्टि भएकी ६५ वर्षीया महिलाको उपचार सुरु, अवस्था सामान्य

बाग्लुङ । कोरोना संक्रमण पुष्टि भएकी बागलुङकी ६५ वर्षीया महिलाको धौलागिरी अञ्चल अस्पतालमा उपचार शुरु गरिएको छ । उनको अबस्था सामान्य रहेको अस्पतालले जनाएको छ । होम क्वारेन्टाइनमा बस्दै आएकी उनलाई कारोना संक्रमण पुष्टि भएपछि हिजोनै आइसोलेसन वार्डमा भर्ना गरिएको थियो ।

उनी चैत ४ गते बेल्जियम हुँदै कतारको दोहाबाट नेपाल आएकी थिइन ।उनी बेल्जियममा रहेकी छोरीलाई भेटेर फर्किएकी थिइन् । छोरी भेटेर दुई सातामै नेपाल फर्किएकी महिलामा कुनै लक्षण नदेखिएको भन्दै उनको स्वावको नमुना संकलन गरिएको थिएन ।

बागलुङमा जोखिम बढ्दै गएपछि एउटै विमानमा आएका बागलुङका चारैजनाको स्वाब परीक्षणका लागि दबाब बढेपछि नमुना पठाइएको थियो । संक्रमित बाग्लुङकै अर्की युवती र उनी सवार विमानमा आएका जिल्लाको ढोरपाटनका एक युवा र बागलुङ नगरपालिकाकै अर्का युवकको रिपोर्ट भने नेगेटिभ आएको छ ।

यसअघि कतार एयरवेजको फ्लाइट नम्बर ६५२ बाट नेपाल आएका दुई युवतीमा पनि संक्रमण भेटिएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सडक बालबालिका मुक्त घोषणा गर्नेगरी काम गर्न परिषद्लाई मन्त्री चौधरीको निर्देशन

ललितपुर । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले सडक बालबालिका मुक्त घोषणा गर्नेगरी …

प्रतिकृया दिनुहॊस