कोरोना रोकथाममा नेपाल एसबिआई बैंकको १ करोड सहयोग

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले नेपाल सरकारको कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १ करोड सहयोग गर्ने जनाएको छ ।

बैंकले विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारीको रोकथाम तथा नियन्त्रणको निम्ति र कोरोनाबाट प्रभावितको सहयोगको लागि १ करोड सहयोग गर्ने निर्णय गरेको हो ।

उक्त रकम मध्ये ५० लाख केन्द्रिय सरकारले स्थापना गरेको कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा र प्रत्येक प्रदेश सरकारको कोषमा ५ लाख सहयोग गर्नेछ ।

यसका साथै बाँकीको १५ लाख बैंकले कोभिड १९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि देशका विभिन्न स्थानमा खर्च गर्ने जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एनएमबी बैंकको एघारौँ ‘हेरिटेज वाक’, सोसाइटीलाई ५ लाख सहयोग

काठमाडौँ । एनएमबी बैंकले एघारौँ ‘हेरिटेज वाक’ कार्यक्रम सम्पन्न गरेको छ। बुधवार बैंकको बल्खु शाखाबाट …

प्रतिकृया दिनुहॊस