पशुपतिनाथको आर्शिवाद छ, काेराेनाले केही गर्दैन

डम्मर वम

डम्मर बम
“यहाँ कोरोनाको त्रास छ, वाहिर निस्किने त कुरै छैन, हामी ईटालियन सरकारले भने वमोजिम घरमै बसेका छौ । यहाँ धेरै अप्ठेरो अवस्था रहेको छ । आशा छ, हामीलाई केही हुनेछैन, वाँचे भेट भई हाल्छ नी” उनले केही हौसला अनी केही आशावादी कुरा गरे ।

यो हो विदेशमा रहेका एक साथीसँगको कुरो । शिक्षा आर्जन गर्न विदेश हानिएका साथिको आज यो परिस्थितीसँग जुध्दै आजसम्म सुरक्षितरुपमैं बसेका छन् । आफुहरुसँग उपलव्ध खाद्यान्नले गुजारा गर्नुको विकल्प छैन । उनिसँग ।
कोरोनाको कहरले उनीजस्तै धेरै नेपाली विद्यार्थीको दिनचर्या लगभग उस्तै छ ।

यस कठीन घडीमा नेपाल भएको भए कम्तिमा आफ्ना आफन्तसँग हुने र आफ्ना दुखपीडा सबैले मिलेर सामना गर्न सजिलो हुने उनी वताउँछन् । यती बेला उनलाई घर परिवार साथि अनि आफ्न्तको याद आइ रहेको छ ।

यतीबेला सबैले विदेशमा रहेका सबैले आफ्नो र जन्मथलो अनी आफ्नो जन्मभूमीलाई सम्झिरहेका छन् । उनीहरुसाग यसको विकल्प पनि छैन । केही समय हामी शंकरदेव क्याम्पसमा स्नातकोक्तर सँगै पढ्दाको साथि सन्तोष पाण्डे ।

अहिले उनी इटालीको टुरिन राज्यमा छन् । उनलाई उच्च शिक्षा आर्जनका लागि विदेश जाने रहर थियो र उनी गए ।
हाल विश्वभरी फैलिएको माहामारीले उनलाई मात्र होइन, त्यो देशलाई होइन विश्व नै त्राहिमाम भएको अवस्थामा रहेकाे छ ।

ईटाली चिनपछिको ठूलो मानवीय क्षति व्यहोरेको देश हो । दैनिक एक हजारको संख्यामा मानिसहरुले ज्यान गुमाइरहेका छन् ।
पशुपतिनाथको आर्शिवाद छ, “ मलाई केही हुदैन, यता विदा दिएको छैन, अफिस आउनै पर्छ, काम खासै छैन, काम त गर्नै पर्यो हाम्रो राज्यमा धेरै नै कोरोनाबाट संक्रमित भएका छन, कहिले काँही ज्यान जोखिममैं परेजस्तो लाग्छ ।” डिभी परेर यसै वर्ष अमेरिका हानिएका भेष पराजुली ।
अचेल उनको दिनचर्या मनमा पलाएको डरमै वितेको छ । केही सुनौला सपना अमेरिका सपनाको शहरमा उनले सानो तिनो काम पाएका छन। स्थायी घर पर्वत रहेका पराजुली पशुपतिनाथको आर्शिवादले केही नहुनेमा हुनेमा विश्वस्त रहेका वताउँछन् । उनी अमेरिकाको आहायो राज्यमा बसोबास गर्दै आएका छन् ।

उनको दैनिकी कोठामा आउने र अफिस जाने नै छ । तर सुरक्षित तवरले उनले आफुलाई मेन्टेन गर्ने प्रयास गरेका छन् । उनी बसेको राज्यमा मात्र अहिले करीब तीन हजार जनामा कोरोना संक्रमण भएको जानकारी पाए पश्चात उनको मनमा डर पलाएको छ । अहिले उनी निक्कै डराएका छन् ।

अष्टे«लिया रहेकी वहिनी दिव्या देउवा पनि घरमै दिन कटाई रहेकी छिन ।

उनी पढाइकै लागि गत वर्ष अष्टेलिया गएकी हुन । अष्टेलियाको मेल्टन मेलवोर्न राज्यमा बसोवास गर्छिन ।

त्यहाँको सरकारले लक डाउन गरेपछि घरमै बसेर दिन कटाइ रहेकी छिन । क्याम्पस जानु नपर्ने भएका कारण अन्य समयमा भन्दा यस वेला अबेरसम्म सुत्ने, खाना बनाउने, समाजिक सन्जालमा हेर्ने र किताव अध्ययन मै दिन गएको वताउँछिन् ।

घर परिवार र साथिहरुसँग कुराकानी गरी फुर्सदिलो समयलाई उपयोग गरि रहेकी छिन देउवाले ।

अष्टेलिया सरकाले खाद्यान्न लगायतका व्यवस्था गर्ने बताएको छ र हाल दुई जना भन्दा बढीलाई किनमेलमा जान दिएको छैन । त्यहाँको सरकारले हाल राज्यमा कडाई गर्दै गएको छ ।

अर्का साथि  मुम्बई डेरामा छन् ।काममा गएकका छैनन् । पुरै जनता घरभित्रै बस्न बाध्य छन् । वाल्यकालका साथी शंकर विश्वकर्माले सुनाए ।

काम छैन यतै फसियो घर आउन पाइएन, यतै बसेका छौ । खाद्यान्न लगायतका सामग्री पुर्याएकै छ, सरकारले ।
तर घरको यादमा पीडा नै पीडा भएको छ । वाल्यककालमा प्राथमिक कक्षा पढ्दा पढ्दै भारत हानिएका विश्वकर्मा कामको खोजीमा त्यहाँ गएका थिए । हामी धेरै नेपालीहरु कामको खोजीमा भारत जाने गरेका छन् ।

खास गरी खुल्ला सिमाका कारण र भाषा र धर्म संस्कृति मिल्ने भएका कारण अधिंकाश नेपालीहरु त्यहाँ जाने गरेका छन् । कुनै आय श्रोत नभएका र सामान्य शिक्षा हासिल गरेका र नगरेका व्यक्तिलाई काम खोजी गर्ने ठाउँ भएको छ भारत, जहाँ हाम्रो रोटी वेटीबटी सम्बन्ध रहेको छ ।
यदी आफ्नै देशमा रोजगारी हुदो हो को नै जाथ्यो र काम खोज्न ? कामकै लागि भारतको गल्लि गल्लिमा भौतारिदा बल्ल तल्ल काम पाइन्छ । र सामान्य पारिश्रमिकमा कम पर्ने दैनिकी नेपालीको हो । खासमा त सुदुरपश्चिममा आफ्ना वालबच्चाको शिक्षादिक्षा, पालनपोषणको र छानो नचुहिने र छानो नउडाउने घर बनाउनका लागि भारतको चक्कर लगाउनु नेपालको बाध्यता हो । हजारौ खुसी र सपनालाई तिलाञ्जली दिएर घर परिवार छोडेर भारत एउटा गन्तव्य बनेको छ । हाल नेपाल सरकारले गरेको व्यवहार भने विभेदकारी भएको छ ।

अन्य देशमा रहेका नेपालीलाई राज्यकोषबाट प्लेन चार्टर गरेर नेपालमा ल्याउनु र भारतवाट नेपाल आउने नेपालीले दशगजा क्षेत्रमा घर आउन आन्दोलन गर्नुपर्ने । यो खबरले विश्वकर्मा लगायत भारतमा बसोवस र काम गरी जिविकोपार्जन गर्ने नेपालीलाई लागेको छ ।

अन्य देशमा विभिन्न उद्देश्यले गएका पनि नेपाली नै संकटका वेला राज्यको दायित्व रहने गर्दछ । सबै देशमा रहेका नेपाली नागरिक प्रति नेपाल सरकारको भूमिका एक किसिमको हुनुपर्दछ । यदी वेला विश्व नै कोरानाको कहरवाट गुज्रीरहेको अवस्था छ ।

हामीले आफ्नो सुरक्षा का लागि सामान्य सावधानी अपनाउनु पर्दछ । सरकारको निर्देशन वमोजिमै लक डाउनको पालना गर्ने । यो कहरबाट भारत मात्र होइन अन्य मुक्ति मिलेपछि अधिकांशले नेपालमै रोजगारी गरे बस्ने सोचेका छन् । सरकारले पनि त्यस तर्फ ध्यान दिन जरुरी छ ।

हाल जुन रुपमा नेपाल लगायत विश्वका जनताले महामारीको रुपमा रहेको कोरोना भाईरससँग लड्नका लागि जुनरुपमा सहयोग गरि रहेका छन् । यो एकदमै राम्रो पक्ष हो । आफ्नो सुरक्षा गर्नु देश र सरकारलाई सहयोग गर्नु हो । सबै सुरक्षित बस्दा नै मानिसको भलो सम्भब छ, भन्ने कुरा प्रमाणित भएको छ ।

सरकारले समेत आफ्नो ठाउँबाट काम गरि रहेको छ । कोरोबाट संक्रमतिहरुको शिघ्र शु स्वास्थ्यको कामना सहित ज्यान गुमाएकाहरु प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु । स्वस्थ रहौं खुसी रहौं ।

बारेमा कल्पना शर्मा

यॊ पनि हेर्नुहॊस

सिटिजन्सका ग्राहकलाई बम्पर सुविधा, २० बढी बचत खातामा उच्च ब्याजदर

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडमा खाता खोल्ने ग्राहकहरुलाई लक्षित गरि बम्पर सुविधा ल्याएको छ । बाणिज्य बैंकहरुमा अग्रस्थानमा रहेको सिटिजन्सले आफ्ना ग्राहकहरुका सबै खालका वित्तीय आवश्यकतालाई एक साथ पुरा गर्ने उदेश्यले विभिन्न प्रकारका निक्षेप खाताहरु सञ्चालनमा ल्याएको हो । बैंकले चालु आर्थिक वर्षदेखि ग्राहकहरुको भरपर्दो साझेदारका रूपमा आफूलाई उभ्याउन चाहेको जनाएको छ ।

प्रतिकृया दिनुहॊस