कोरोनाले लियो एचआईभीको औषधि पत्ता लगाउने वैज्ञानिकको ज्यान

काठमाडौं । विश्वव्यापी महामारी कोरोना (कोभिड-१९) भाइरस संक्रमणबाट एचआइभीको औषधि पत्ता लगाएकी एक वैज्ञानिकको निधन भएको छ ।

कोरोना भाइरसले एचआइभीको औषधि पत्ता लगाएकी विश्वविख्यात वैज्ञानिक गीता रामजीको ज्यान लिएको हो । एचआईभी संक्रमितको जीवन रक्षाका लागि अनुसन्धान गरिरेहकी रामजीको निधनले विश्वको स्वास्थ्य क्षेत्रमा अपूरणीय क्षति पुगेको युएनएड्सले बताएको छ ।

दक्षिण अफ्रिकी वैज्ञानिक रामजीको ६४ वर्षको उमेरमा कोरोना भाइरस संक्रमणबाट मंगलबार निधन भएको अन्तर्राष्ट्रिय सञ्चामाध्यमले जनाएका छन् ।

एचआईभीको औषधि र उपचार पत्ता लगाउने अभियानमा उनको महत्वपूर्ण भूमिका छ । पछिल्लो समय वैज्ञानकि रामजीले महिलालाई एचआईभीको संक्रमणबाट बचाउन तथा संक्रमितको उपचारमा पहुँच पुर्‍याउन आफ्नो अनुसन्धान केन्द्रित गरेकी थिइन् ।

विश्वमा सबैभन्दा धेरै एचआईभी संक्रमित भएको देश दक्षिण अफ्रिका नै हो । अहिले दक्षिण अफ्रिकामा कोरोना भाइरस फैलिन नदिन तीन हप्ताका लागि लकडाउन जारी गरिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

फोनपे र जीएलएन इन्टरनेसनलबीच क्रस-बोर्डर क्यूआर भुक्तानी गर्नेसम्बन्धी समझदारी

काठमाडौं । फोनपे र जीएलएन इन्टरनेसनलबीच क्रस-बोर्डर क्यूआर भुक्तानी प्रदान गर्नेसम्बन्धमा समझदारी भएको छ । …

प्रतिकृया दिनुहॊस