भुटानमा आजदेखि २१ दिन लकडाउन

काठमाडौं । भुटानले २१ दिनसम्म मुलुक लकडाउन गर्ने घोषणा गरेको छ । सोमबार घोषणा भएको २१ दिने लकडाउन मंगलबार आजदेखि लागु हुनेछ ।

भुटानका प्रधानमन्त्रीको आधिकारिक ट्वीटर एकाउन्टमा सरकारले २१ दिने लकडाउन गर्ने निर्णय गरेको उल्लेख छ । उच्च सर्तकताका लागि लकडाउन अत्यावश्यक वाध्यता बनेको प्रधानमन्त्रीको भनाइ छ । भुपरिवेष्ठित मुलुक भुटानमा कोरोना भाइरसको सङ्क्रमण थप बढ्ने सम्भावनालाई मध्यनजर गर्दै २१ दिने लकडाउन घोषणा गरिएको हो ।

भुटानमा सोमबारसम्म चार जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । अमेरिकाको जोन्स हकिन्स विश्वविद्यालयका अनुसार सबैभन्दा पहिलो बिरामी मार्च ५ मा भेटिएका थिए । ती व्यक्ति अमेरिकाका ७६ वर्षीय पर्यटक थिए । उनी भारतको आसाम घुमेर भुटान आएका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सोल्टी होटल र इसेवाबीच सहकार्य

काठमाडौँ । भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा र पाँचतारे होटेल सोल्टी होटेल्स तथा रिसोर्टसबीच व्यावसायिक …

प्रतिकृया दिनुहॊस