मेटलाईफका सबै शाखाहरु बन्द, बीमा सेवा अनलाईनबाट लिन सकिने

काठमाडौं । मेटलाईफ इन्स्योरेन्स कम्पनीले महारामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण सम्पूर्ण बीमा सेवाहरु बन्द भएपनि अनलाईनबाट हुने सेवाहरु निरन्तर चल्ने जनाएको छ ।

►लकडाउनको अवधिका कारण बीमाशुल्कको भुक्तानी हुन नसकेका सबै सक्रिय बीमालेखहरुलाई निरन्तरता दिने  ।

►लकडाउनको अवधिका कारण भुक्तानी हुन नसकेका बीमाशुल्कसार्वजनिक सेवाहरु पुनः सुचारु भएको १५ दिन भित्रभुक्तानी गरेमाकुनै पनि बिलम्ब शुल्क नलिने ।

►कम्पनीको वेबसाइटबाट अनलाइन बीमाशुल्क भुक्तानी सेवा सुचारु राख्ने ।

► अत्यावश्यक सेवा सम्बन्धि सम्पूणकार्यहरु कर्मचारीले घरबाटै संचालन गर्ने ।

► फोन, फेसबुक र इ–मेल को मार्फतग्राहकहरू, कर्मचारीहरु तथा अभिकर्ता लगायतका ब्यवसायिक साझेदारहरुलाई आवश्यक जानकारी सेवा प्रदान गर्ने ।

मेटलाइफ, नेपालका सबै विद्यमान, दुर्घटना र स्वास्थ्य बीमा लगायतकाव्यक्तिगत तथा सामुहिक जीवन बीमालेखहरु, बीमालेखका सर्तहरूको अधिनमा रहि सदा झै बीमा रक्षावरण प्रदान गरिने ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

आईएमई लाईफ इन्स्योरेन्सको चिफ मार्केटिङ अफिसरमा चौलागाई नियुक्त

काठमाडौं । आइएमई लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चिफ मार्केटिङ अफिसरमा गणेश चौलागाई नियुक्त भएका छन् …

प्रतिकृया दिनुहॊस