कोरोना कहर : रेलको लिकमा गएर जर्मनीका अर्थमन्त्रीले आत्महत्या गरे

काठमाडौं । जर्मनीको हेस्से प्रान्तका अर्थमन्त्री थोमस साइफरले आत्महत्या गरेका छन् । उनले शनिबार आत्महत्या गरेका हुन् ।

युरोपलाई केन्द्रविन्दु बनाएर फैलिरहेको कोरोना भाइरसको संक्रमणबाट उत्पन्न संकटका कारण साइफरले आत्महत्या गरेको स्थानीय मिडियाहरुले उल्लेख गरेका छन् । ५४ वर्षीय साइफर जर्मनीकी चान्सलर एन्जेला मर्केलको पार्टीका वरिष्ठ नेता थिए ।

हेस्से प्रान्तमा दुई दशकदेखि राजनीतिमा सक्रिय रहेका उनी करिब १० वर्षदेखि प्रान्तका अर्थमन्त्रीका रुपमा काम गर्दै आएका थिए । कोरोना महामारीबाट उत्पन्न अवस्थाप्रति उनी केही दिनदेखि नै चिन्तित थिए ।

उनको शव रेलको लिकमा भेटिएको थियो । उनले रेलको लिकमै गएर आत्महत्या गरेको स्थानीय मिडियाले उल्लेख गरेका छन् । जर्मनीमा कोरोना भाइरसबाट ४ सय ५० भन्दा बढीको मृत्यु भइसकेको छ भने  ५५ हजारभन्दा बढी संक्रमित भइसकेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कनेक्ट आइपिएसबाट स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाइने

काठमाडौं । कनेक्ट आइपिएसले स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाउन सकिने अवसर ल्याएको छ। अफर …

प्रतिकृया दिनुहॊस