चौधरी फाउन्डेसनले सात प्रदेशका ४८ केन्द्रमा सुरक्षा सामग्री प्रदान गर्यो

काठमाडौं ।  चौधरी फाउन्डेसनले  सातै प्रदेशका ४८ स्वास्थ्य केन्द्रमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९)को रोकथाम र उपचारका लागि अत्यावश्यक व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) वितरण गरेको छ ।

फाउन्डेसनले प्रदेश तथा अस्थायी कोरोना सेन्टर विराटनगर, मेची अस्पताल भद्रपुर, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान  र उदयपुर जिल्ला अस्पतालमा सुरक्षा सामग्री (पीपीई) वितरण  गरेको छ ।
प्रदेश २मा जानकी मेडिकल हस्पिटल, जनकपुर , प्रादेशिक केन्द्र अस्पताल जनकपुर, स्वाप परीक्षण प्रयोगशाला जनकपुर,  नारायणी अस्पताल  वीरगन्ज , राजविराज अस्पताल सप्तरी ,कौडेना हेल्थपोस्ट सर्लाही मलंगवा अस्पताल र सर्लाहीमा सुरक्षा सामग्री (पीपीई) वितरण  गरेको छ ।

प्रदेश ३मा कान्ति बाल अस्पताल काठमाडौं, वीर अस्पताल काठमाडौं,शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल टेकु काठमाडौं, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर काठमाडौं ,पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुर, माइती नेपाल, गौशाला काठमाडौं,
कोरोना उपचार केन्द्र चितवन, चितवन जिल्ला अस्पताल,जिल्ला जनस्वास्थ्य कार्यालय हेटौंडा, विपद् व्यवस्थापन केन्द्र  काठमाडौं,सशस्त्र प्रहरी बल बलम्बु काठमाडौं,  मध्यपुर ठिमी अस्पताल भक्तपुर,शीर मेमोरियल अस्पताल काभ्रे, गुञ्जवान अस्पताल टाँडी, चितवन धादिङ जिल्ला अस्पताल र  मुग्लिन हस्पिटल चितवनमा सुरक्षा सामग्री (पीपीई) वितरण  गरेको छ ।

प्रदेश ४मा मध्यबिन्दु अस्पताल कावासोती, प्राथमिक स्वास्थ्यचौकी दुम्कौली नवलपुर,
पिताउन्जी स्वास्थ्यकेन्द्र नवलपुर, सहज अस्पताल गैंडाकोट, मातृशिशु मितेरी अस्पताल कास्की,
पर्वत जिल्ला अस्पताल, बागलुङ जिल्ला अस्पताल र गोरखा जिल्ला अस्पतालमा सुरक्षा सामग्री (पीपीई) वितरण  गरेको छ ।

प्रदेश ५ माभीम अस्पताल भैरहवा, लुम्बिनी प्रादेशिक अस्पताल रुपन्देही, आयुर्वेद अस्पताल दाङ
प्रदेश प्रहरी अस्पताल नेपालगन्ज, पाल्पा जिल्ला अस्पताल, रेउघा अस्पताल रोल्पार
बर्दिया जिल्ला अस्पताल देवदह क्वारन्टिन सेन्टर रुपन्देहीमा सुरक्षा सामग्री (पीपीई) वितरण  गरेको छ ।
प्रदेश ६मा रुकुम पश्चिम अस्पताल र सुर्खेत जिल्ला अस्पताल तथा  प्रदेश ७मा  कैलाली जिल्ला अस्पताल र महेन्द्रनगर जिल्ला अस्पतालमा सुरक्षा सामग्री (पीपीई) वितरण  गरेको छ ।

फाउन्डेसनले अब परीक्षण किट, एन९५ मास्कलगायत अन्य अत्यावश्यक सामग्री वितरणमा केन्द्रित हुने  जानकारी दिएको छ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदै

काठमाडौं । सरकारले ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाउँदै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो उमेर समूहका बालबालिकालाई रोगहरूबाट जोगाउन भिटामिन ‘ए’ क्याप्सुल खुवाउनुका साथै नियमित खोप लगाउन छुटेकाहरूलाई नजिकैको स्वास्थ्य केन्द्रमा गएर खोप लगाउन आग्रह गरेको छ ।

प्रतिकृया दिनुहॊस