बिरालोमा पनि देखियो कोरोना भाइरस

काठमाडौं ।महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमण बिरालोमा पनि देखिएको छ ।

बेल्जियमको एउटा बिरालोमा कोरोना भइरसबाट संक्रमित भएको फेला परेको छ । बिरालोमा घरमालिकबाट कोरोना भाइरस सरेको बताइएको छ ।

बिरालोमा कोभिड–१९ को संक्रमण भएको यो पहिलो घटना हो । यसअघि हङकङमा दुईवटा कुकुरमा कोभिड–१९ को संक्रमण देखिएको थियो ।

विशेषज्ञहरुले भने यो घटना अपवाद् भएको भन्दै आफ्ना घरेलु जनावर र उनीहरुबाट आफ्नो सुरक्षाको विषयमा नडराउन सबैलाई आग्रह गरेका छन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

यसपटक सकिएन, थोरै धैर्य गरिदिनुस् : रवि लामिछाने

काठमाडौं । कतारका राजा तमिम बिन हमाद अल थानीलाई नेपालमा स्वागत गर्न आज सार्वजनिक बिदा …

प्रतिकृया दिनुहॊस