कोरोना प्रकोप : इटालीमा एकैदिन ८८९ जनाको मृत्यु, विश्वभर मृत्यु हुनेको संख्या ३० हजार नाघ्यो

काठमाडौं । महाकारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दै गएको छ ।

संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या ३१ हजार नजिक पुगेको हो । पछिल्लो विवरणअनुसार कोरोना भाइरसको संक्रमणबाट ३० हजार ८ सय ५० जनाको मृत्यु भइसकेको छ । त्यस्तै ६ लाख ६२ हजारभन्दा बढी संक्रमित भएका छन् भने करिब एक लाख ४२ हजार निको भएका छन् ।

सबैभन्दा बढी इटालीमा मृत्यु हुनेको संख्या १० हजार नाघेको छ । त्यहाँ शनिबार मात्रै थप ८८९ जनाको मृत्यु भएको इटालीको सिभिल प्रोटेक्सनले जनाएको छ । आइतबार बिहानसम्म इटालीमा मृत्यु हुनेको संख्या १० हजार २३ पुगेको छ भने संक्रमितको संख्या ९२ हजार ४ सय ७२ पुगेको छ ।

अमेरिकामा पनि पछिल्लो २४ घण्टामा अमेरिकामा ५१५ जनाको मृत्यु भएको छ भने थप १९ हजार ३ सय २ जनामा संक्रमण देखिएको छ । बिहानसम्म अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार २ सय ११ पुगेको छ भने संक्रमितको सख्या एक लाख २३ हजार नाघेको छ ।

स्पेनमा पनि थप ८४४ जनाको मृत्यु भएको छ भने थप ७ हजार ५ सयभन्दा बढीमा संक्रमण देखिएको छ । स्पेनमा मृत्यु हुनेको संख्या ५ हजार ९ सय ८२ पुगेको छ । ७३ हजार २ सय ३५ संक्रमित छन् । पछिल्लो २४ घण्टामा फ्रान्समा ३२४, बेलायतमा २६०, इरानमा १३९, जर्मनीमा ८२,नेदरल्यान्ड्समा ९३, बेल्जियममा ६४ र स्विजरल्यान्डमा ३३ जनाको मृत्यु भएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

गण्डकी र सुदूरपश्चिमको क्रियाकलाप असंवैधानिक : कांग्रेस

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखले गैर संबैधानिक काम …

प्रतिकृया दिनुहॊस