सन्दिप लामिछानेले कोरोना कोषलाई १ लाख दिने

काठमाडौं ।  नेपाली युवा क्रिकेटर सन्दिप लामिछानेले सरकारको कोरोना कोषलाई १ लाख दिने भएका छन् । उनले ट्विट गर्दै कोरोना कोषमा १ लाख दिने घोषणा गरेका हुन् ।

‘सरकारको कोरोना कोषमा १ लाख दिने घोषणा गर्दछु । यस्तो संकटको बेलामा हामीले कसैलाई बिर्सिनुहुन्न,’ ट्विटमा सन्दिपले भनेका छन् । उनले सबैलाई यो समयमा सुरक्षित रहन पनि आग्रह गरेका छन् ।

यसअघि गायक प्रकाश सपूतले पनि कोरोना कोषमा २ लाख दिने घोषणा गरेका थिए । सरकारले कोरोनाविरूद्द सामुहिक रूपमा लड्नको लागि कोरोना कोष स्थापना गरेको छ। जसमा मन्त्रीहरूले समेत एक महिनाको तलब दिने घोषणा गरेका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सुनको भाउले तोड्यो कीर्तिमान, एकैदिन २१ सयले बढेर १ लाख ३० हजार पुग्यो

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको भाउले नयाँ इतिहास रचेको छ । बिहिबार प्रतितोला …

प्रतिकृया दिनुहॊस