चैत मसान्तसम्म बीमा शुल्क बुझाउन नपर्ने

काठमाडौं । जीवन बीमा गरेकाले चैत मसान्तसम्म बीमा शुल्क बुझाउनु नपर्ने भएको छ ।

नियामक निकाय बीमा समितिले इजाजतप्राप्त संस्थाहरुलाई निर्देशन दिँदै बीमा शुल्क संकलन कार्य चैत मसान्तसम्म स्थगन गर्न निर्देशन दिएको छ । साथै परिस्थिति सामान्य भएपछि विनाव्याज सो शुल्क संकलनको व्यवस्था गर्न निर्देशन दिइएको छ ।

कोरोनाको प्रभावले लकडाउन भएको अवस्थालाई मध्यनजर गर्दै समितिले यस्तो निर्देशन दिएको हो।  साथै बीमा अवधि समाप्त भएको बीमा लेखकको हकमा सम्वन्धित बीमितको लिखित अनुरोधका आधारमा बीमालेख नवीकरण हुने व्यवस्था गर्न समितिले भनेको छ।

अभिकर्ता इजाजतपत्र नवीकरण गर्नका लागि बीमकमार्फत समितिको नविल बैंकमा रहेको खाता नं. ०११००१३०११००१ मा चैत मसान्तभित्र शुल्क जम्मा गरी बैंक भौचर पेश गरेमा जरिवाना नलाग्ने व्यवस्था गरिएको छ ।

निर्जीवन बीमकले तत्कालै उत्पन्न हुने दावी भुक्तानीका लागि विद्युतीय माध्यममार्फत बीमितबाट यथेष्ठ प्रमाण संकलन गर्ने र अवस्था सामान्य भएपछि तुरुन्त सर्भेयर खटाई क्षति एकीन गरी दावी भुक्तानी गर्ने व्यवस्था मिलाउन भनिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

आईएमई लाईफ इन्स्योरेन्सको चिफ मार्केटिङ अफिसरमा चौलागाई नियुक्त

काठमाडौं । आइएमई लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चिफ मार्केटिङ अफिसरमा गणेश चौलागाई नियुक्त भएका छन् …

प्रतिकृया दिनुहॊस