स्पेनमा चार नेपालीलाई कोरोना संक्रमण, एकको आइसियुमा उपचार हुँदै

काठमाडौं । स्पेनमा रहेका चार जना नेपालीलाई कोरोना संक्रमण भएको छ । स्पेनको क्याटालोनिया क्षेत्रमा बस्दै आएका उनीहरुमा कोरोना पुष्टि भएपछि छुट्टाछुट्टै अस्पतालमा उपचार थालिएको छ ।

बार्सिलोनाको साग्रादा परिवारसहित बस्दै आएका एक जना नेपालीको भने सान्पाओ अस्पतालमा उपाचार भइरहेको छ । अन्य तीन जना भने हस्पितालेद क्षेत्रका हुन् । उनीहरु त्यहींको अस्पतालमा भर्ना भएका छन् ।

संक्रमित ब्यक्तिहरुको विवरण भने गोप्प राखिएको छ । स्रोतका अनुसार चारै जना संक्रमितहरु पुरुष हुन् । तीन जनाको अवस्था सामान्य रहे पनि एक जनाको आईसीयूमा राखेर उपचार भइरहेको छ ।

स्पेनका लागि नेपाली राजदूत दावाफुटी शेर्पाले पनि नेपालीहरु संक्रमित भएको सूचना दूतावासलाई प्राप्त भएको बताएकी छन् । बार्सिलोनामा बस्दै आएका केही नेपालीहरुलाई कोभिड–१९ संक्रमण भेटिएको सूचना आएको उनले बताएकी छन् । उनले भनिन्, ‘संक्रमितहरुको सम्पूर्ण डिटेल दूतावासबाट खोज्ने प्रयास भइरहेको छ ।’

उनले संक्रमित ब्यक्तिहरु र परिबारलाई दूतावासको सम्पर्कमा आउन अनुरोध समेत गरेकी छन्् । उपाचार लगायत भइपरी आउने प्रक्रियामा दूतावासबाट पूर्ण सहयोग रहने राजदूत शेर्पाले बताइन् । पहिलो संक्रमितको एक हप्ता पहिले नै पोजेटिभ देखिएको स्रोतले जनाएको छ ।

अन्य तीन जनाको भने हालै रिपोर्ट आएको हो । तर यो घटना अझै पनि नेपाली समुदायमा गुपचुप नै छ । परिवारहरुको अनुरोधमा नै घटना सार्बजनिक नभएको नेपाली जनसम्पर्क समिति स्पेनका अध्यक्ष इन्द्रप्रसाद शर्माले बताएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

गण्डकी र सुदूरपश्चिमको क्रियाकलाप असंवैधानिक : कांग्रेस

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखले गैर संबैधानिक काम …

प्रतिकृया दिनुहॊस