बोकोहरामको आक्रमणमा परी ९२ सैनिकको मृत्यु

काठमाडौं । जियादी लडाकुहरूको अतिवादी समूह वोकोहरामको आक्रमणमा परी चाडमा ९२ जना सुरक्षाकर्मीको मृत्यु भएको छ । राष्ट्रपति ईडिस डेबी ईट्नोले घटनाको पुष्टि गरेको समाचारमा जनाइएको छ ।

चाडको लेकचाड क्षेत्रमा घटना भएको हो । घटनास्थल क्यामरुन नाइजर र नाइजेरियासगँको सिमा क्षेत्रमा पर्छ । चाडमा बोकोहराम लडाकूले छिमेकी राष्ट्रमा हिंसात्मक गतिविधि सुरु गर्नु अघि सन् २००९ मा नाइजेरियावाट आफ्नो अभियान सुरु गरेका थिए ।

‘आइतबार रातभर वोमा क्षेत्रमा भएको आक्रमणमा परी हामीले हाम्रा ९२ सुरक्षाकर्मीहरुलाई गुमाएका छौ’ राष्ट्रपति ईट्नोले मंगलवार भने । उनका अनुसार एउटै घटनामा परी यति धेरै सुरक्षाकर्मीको मृत्यु भएको चाडमा यो पहिलो घटना हो ।

उनले घटनास्थल क्षेत्रको भ्रमण समेत गरेका छन् । नाइजेरियावाट वोकोहरामले सुरु गरेको हिंसाका कारण अहिलेसम्म ३६ हजार मानिसको मृत्यु भइसकेको संयुक्त राष्ट्रसंघको तथ्याङ्कमा उल्लेख छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कनेक्ट आइपिएसबाट स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाइने

काठमाडौं । कनेक्ट आइपिएसले स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाउन सकिने अवसर ल्याएको छ। अफर …

प्रतिकृया दिनुहॊस