कोरोना संक्रमणबाट एकैदिन २३ सयको मृत्यु, ४६ हजार बिरामी थपिए

काठमाडौं । कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २१ हजार २ सय पुगेको छ । गत २४ घण्टामा विश्वभर २ हजार ३ सय ६ जना मृतक थपिएका छन् भने ४६ हजार बढीमा नयाँ संक्रमित देखिएको छ ।

बुधबार सबैभन्दा बढीको मृत्यु इटालीमा भएको थियो । इटालीमा ६ सय ८३ जनाले ज्यान गुमाएका थिए । इटालीमा बुधार ५ हजार २ सय १० जना नयाँ बिरामी थपिएका थिए ।

कोरोना भाइरसका सबैभन्दा धेरै नयाँ बिरामी थपिने देशको सूचीमा अमेरिका छ । अमेरिकामा बुधबार मात्र १० हजार ९ सय ४१ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका थिए भने १ सय ५५ जनाको मृत्यु भएको थियो ।

स्पेनमा बुधबार कोरोना भाइरसको संक्रमणका कारण ६ सय ५६ जनाले ज्यान गुमाएका थिए । बुधबार नै स्पेनमा ७ हजार ४ सयउ ५७ जना नयाँ संक्रमित थपिएका थिए ।

जर्मनीमा बुधबार ४ हजार ३ सय ३२ जना कोरोनाका नयाँ बिरामी अस्पताल पुगेका थिए भने ४७ जनाको मृत्यु भएको थियो । इरानमा बुधबार कोरोना भाइरस संक्रमणका कारण १ सय ४३ जनाको मृत्यु भएको थियो भने २ हजार २ सय ६ जना नयाँ बिरामी थपिएका थिए ।

फ्रान्समा बुधबार २ हजार ९ सय २९ जना कोरोना भाइरसका नयाँ संक्रमित भेटिएका थिए । फ्रान्समा बुधबार यो भाइरसका कारण २ सय ३१ जनाले ज्यान गुमाएका छन् ।

स्वीट्जरल्याण्डमा बुधबार कोरोना भाइरसको कारण ३१ जनाको मृत्यु भयो भने १ हजार २० जना नयाँ बिरामी थपिएका छन् । बेलयतमा पनि बुधबार कोरोनको संक्रमणबाट ४३ जनाको मृत्यु भएको छ भने १ हजार ४ सय ५२ जना नयाँ बिरामी थपिएका छन् ।

यस्तै, बुधबार कोरोना भाइरसका कारण दक्षिण कोरियामा ६ जना, नेदरल्याड्समा ८० जना, अष्ट्रियामा २ जना, बेल्जियममा ५६ जना, क्यानडामा १० जना, नर्वेमा २ जना, पोचुृगलमा १० जना, अष्ट्रेलियामा ३ जना, ब्राजिलमा १३ जना, स्वीडेनमा २२ जना, टर्कीमा १५ जना, इजरायलमा २ जना, मलेसियामा ४ जना, डेनमार्कमा २ जना, चेक रिपब्लीकमा ३ जना, आयरल्याण्डमा २ जनाको मृत्यु भएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

गण्डकी र सुदूरपश्चिमको क्रियाकलाप असंवैधानिक : कांग्रेस

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखले गैर संबैधानिक काम …

प्रतिकृया दिनुहॊस