नेपाल टेलिकमले रिचार्जमा शतप्रतिशत बोनस दिने

काठमाडौं । नेपाल टेलिकमले मोबाइल रिचार्ज कार्डमा शतप्रतिशत बोनस घोषणा गरेको छ । कोराना भाइरस रोकथामका लागि मुलुक नै लकडाउन भएका बेला टेलिकमले बिहीबारदेखि ७ दिनका लागि यस्तो अफर ल्याएको हो ।

टेलिकमको जीएसएम तथा सिडिएमएको प्रिपेड तथा पोस्टपेड सेवामा रिचार्ज कार्ड वा एमपोसबाट रिचार्ज गर्दा रिचार्ज गरेको रकमको शतप्रतिशत बराबर बोनसको रूपमा प्राप्त हुने  टेलिकम प्रवक्ता राजेश जोशीद्वारा बुधबार जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

बोनस रकमबाट टेलिकमको नम्बरमा कल गर्न, एसएमएस पठाउन तथा डाटा प्रयोग गर्न सकिन्छ भने ब्यालेन्स ट्रान्सफर गर्न वा प्याकेज खरिद गर्न वा गिफ्ट पठाउन भने सकिने छैन ।

रिचार्ज कार्ड प्रयोग गरी ५० र १०० को रिचार्ज गर्दा प्राप्त हुने वोनस रकम २ दिनभित्र खपत गरिसक्नु पर्छ भने २०० र ५०० को रिचार्जमा प्राप्त हुने बोनस रकम ४ दिनभित्र खपत गरिसक्नु पर्नेछ । टेलिकमका अनुसार १००० को रिचार्जमा प्राप्त हुने बोनस रकम ६ दिनभित्र खपत गरिसक्नु पर्नेछ ।

एमपोस वा विद्युतीय रिचार्जअन्तर्गत १० देखि ९९ सम्मको रिचार्जमा प्राप्त हुने वोनस २ दिनभित्र १०० देखि ४९९ सम्मको रिचार्जमा प्राप्त हुने वोनस ४ दिन भित्र र ५०० देखि ९९९ सम्मको रिचार्जमा प्राप्त हुने बोनस ८ दिनभित्र खपत गर्नुपर्नेछ । १००० वा सो भन्दामाथिको रिचार्जमा प्राप्त हुने बोनस १० दिनभित्र खपत गरिसक्नु पर्ने विज्ञप्तिमा उल्लेख छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बालकुमारीमा रोयल इन्फिल्डको ‘ट्रेनिङ सेन्टर’ सञ्चालन

काठमाडौं । रोयल इन्फिल्डको आधिकारिक वितरक अल्फा अटोमोटिभले ललितपुरको बालकुमारीमा रोयल इन्फिल्डको ट्रेनिङ सेन्टर सञ्चालनमा …

प्रतिकृया दिनुहॊस