कर्जाको साँवा ब्याज असुली चैत मसान्तसम्म स्थगित [निर्णयसहित]

काठमाडौं । बैंक, बीमा, धितोपत्र, कम्पनी दर्ता, ऋण तथा परिचालनको सेवा आंशिक रुपमा सञ्चालन गर्न सकिने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाको अध्यक्षतामा बसेको उच्चस्तरीय वित्तीय क्षेत्र व्यवस्थापन समन्वय समितिको बैठकले निश्चित क्षेत्र र शाखाबाट वित्तीय सेवा प्रवाह गर्न सकिने निर्णय गरेको हो ।

सेवा सञ्चालन हुने शाखाको बारेमा सञ्चार माध्यममार्फत् सर्वसाधारणलाई जानकारी गराउन पनि बैठकले आग्रह गरेको छ । त्यस्तै, बैठकले कर्जाको सावा ब्याज असुली चैत मसान्तसम्म स्थगित गर्न पनि सम्बन्धित बैंक तथा वित्तीय संस्थालाई आग्रह गरेको छ ।

वित्तीय संस्थाबाट प्रवाह भएको कर्जाको वर्गिकरण तथा व्यवस्था गर्ने कार्य हाललाई स्थगित गर्न नेपाल राष्ट्र बैंकले व्यवस्था मिलाउने तयारी गरेको छ । कोभिड–१९ फैलिन नदिन बैंकबाट वितरण गरिने नोटलाई संक्रमण रहित (डिसइन्फेक्सन) गर्नुपर्नेछ ।

राष्ट्र बैंकले वित्तीय संस्थालाई प्रदान गर्ने पुनर्कर्जा कोषको उपभोग गरी तरलता अभाव हुन नदिन पनि बैठकले बैंक तथा वित्तीय संस्थालाई आग्रह गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एनएमबी बैंकको एघारौँ ‘हेरिटेज वाक’, सोसाइटीलाई ५ लाख सहयोग

काठमाडौँ । एनएमबी बैंकले एघारौँ ‘हेरिटेज वाक’ कार्यक्रम सम्पन्न गरेको छ। बुधवार बैंकको बल्खु शाखाबाट …

प्रतिकृया दिनुहॊस