कोरोना विरुद्धको लडाईंमा भाटभटेनी समूहले गर्याे एक करोड सहयोग

काठमाडौं । भाटभटेनी समूहले कोरोना भाइरस (कोभिड–१९) विरोद्धको लडाईंमा तत्काल एक करोड रुपैयाँ खर्च गर्ने भएको छ ।

भाटभटेनी समूहले उक्त रकम सरकारले खडा गरेको कोरोना संक्रमण (कोभिड–१९) रोकथाम तथा नियन्त्रण कोषमा दिने समूहका अध्यक्ष मिनबहादुर गुरुङले बताएका छन् ।

‘हाम्रो समूहले सरकारले खडा गरेको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषलाई एक करोड रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउनेछ,’ गुरुङले भने, ‘हामी उक्त रकमको चेक तत्काल कोषलाई उपलब्ध गराउनेछौं, कोषले आवश्यकता अनुसार परिचालन गर्नेछ ।

गुरुङले भने । ‘मुलुकमा विपत्ति आउँदा हिजो पनि हामीले सक्दो सहयोग गरेका थियौं । यसपालि पनि त्यसका लागि तयार छौं, ।

’विश्वव्यापी महामारी कोभिड–१९ को बिरामी नेपालमा समेत देखिइसकेको अवस्थामा यसको थप संक्रमण रोक्न र संक्रमितको उपचारमा सहयोग पु‍र्याउन समूहले उक्त रकम उपलब्ध गराउन लागेको गुरुङको भनाइ छ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सुजल डेरीले ल्यायो ‘सफल ह्याप्पी काउ मिल्क’

काठमाडौँ । सुजल डेरीको सफल ह्याप्पी काउ मिल्क अब काठमाडौँ बजारमा उपलब्ध भएको छ । …

प्रतिकृया दिनुहॊस