एक परिवारलाई महिनामा एउटामात्रै सिलिन्डर उपलब्ध

काठमाडौं । नेपाल आयल निगमले एक परिवारका लागि एउटा मात्र ग्यास उपलब्ध गराउने भएको छ ।

लकडाउनको अवस्थामा आपूर्ति व्यवस्था मिलाउन निगमले एक महिनामा एउटा परिवारले एउटामात्र ग्यास सिलिन्डर किन्न पाउने व्यवस्था गरेको हो ।

ग्यास डिलर बिक्रेताले ग्यास बिक्री गर्दा मासिक रुपमा ‘एक परिवार एक सिलिन्डर’को प्रक्रिया मिलाई ग्यास बिक्री गनुपर्ने छ ।

यसका लागि बिक्री गरिएको ग्यास किन्ने उपभोक्ताको नाम, ठेगाना, नागरिकता नम्बर र फोन नम्बर प्रस्ट खुलेको रेकर्ड राख्नु पर्ने व्यवस्था गर्न निगमले   निर्देशन दिएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सर्वोच्चको आठ बुँदे आदेश- पशुपति क्षेत्रमा गाडी चल्न नदिनू, शव गाड्ने वैकल्पिक ठाउँ खोज्नू

काठमाडौं । सर्वोच्च अदालतले विश्व सम्पदा सूचीमा रहेको पशुपतिनाथ मन्दिर क्षेत्रमा इञ्जिनले चल्ने कुनै पनि …

प्रतिकृया दिनुहॊस