अमेरिकामा दुई नेपाली कोरोना भाइरस सङ्क्रमित

काठमाडौं । अमेरिकाको    न्युयोर्क राज्यमा बसोबास गर्दै आएका दुई नेपालीलाई कोरोना संक्रमण पुष्टि भएको छ।

कुइन्सस्थित एल्मस्ट अस्पतालको भेन्टिलेटरमा राखेर उनीहरूको उपचार भइरहेको छ।  ति  दुई नेपालीलाई उच्च ज्वरो आएपछि अस्पताल पुर्‍याइएको थियो।

साथै ति  दुई नेपाली परिवारका सबै सदस्यको  कोरोना भाइरस परीक्षण गरिएको र त्यसको रिपोर्ट आउन बाकी छ ।

अमेरिकामा कोरोना संक्रमण तीव्र रूपमा फैलिरहेको छ। हाल अमेरिका ५४ हजार ८ सय २३ जना   सङ्क्रमित छन्   भने  ७ सय  ७८ जनाको    मृत्यु  भएको छ ।

अमेरिकामा पछिल्लो २४ घण्टामा ११ हजार ८९ जना नया सङ्क्रमित भेटिएका छन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

कनेक्ट आइपिएसबाट स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाइने

काठमाडौं । कनेक्ट आइपिएसले स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाउन सकिने अवसर ल्याएको छ। अफर …

प्रतिकृया दिनुहॊस