कोरोना भाइरस : मृत्यु हुनेको संख्या १८ हजार ८ सय ९२

काठमाडौं ।  विश्वभर महारामारीको रुपमा फैलिरहेको नोबल कोरोना भाइरस कोभिड–१९ का कारण १८ हजार ८ सय ९२ जनाको मृत्यु भएको छ । सर्वाधिक धेरै मृत्यु हुनेको संख्या  इटली, चीन र  स्पेन छ । ४ लाख २२ हजार ६ सय १४ जना हाल सङ्क्रमित रहेका छन् ।त्यसै गरि छिमेकी मुलुक भारतमा ५३६  जना   सङ्क्रमित  भएका छन् भने  १० जना   मृत्यु भएको छ ।

कोरोना भाइरसको सम्भावित संक्रमण रोक्न नेपालले  पनि  देशभर हिजो चैत ११ गते बिहान ६ बजेदेखि चैत १८ गते बिहान ६ बजेसम्म एक साता ‘लकडाउन’ गरेको छ ।

चीनको हुबेई प्रान्तको उहान शहरबाट शुरु भएको कोभिड–१९ लाई विश्व स्वास्थ्य संघठनले विश्वव्यापी महामारीको सङ्ज्ञा दिएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

रास्वपाबाट इलाम-२ मा मिलन लिम्बु उम्मेदवार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पाटी रास्वपाले इलाम–२ मा मिलन लिम्बुलाई उम्मेदवार बनाउने निर्णय गरेको छ …

प्रतिकृया दिनुहॊस