कोरोना संक्रमित युवतीको सम्पर्कमा आएका व्यक्तिहरुको नमूना संकलन तथा परीक्षणको काम सुरु

काठमाडौं । कोरोना भाइरसको संक्रमण पुष्टि भएकी १९ बर्षिया नेपाली युवतीको परिवारका सदस्य तथा उनको सम्पर्कमा आएका व्यक्तिहरुको नमूना संकलन तथा परीक्षण टेकु अस्पतालले  सुरु   गरेको छ । चैत ४ गते फ्रान्सबाट कतार हुँदै नेपाल आएकी १९ वर्षकी संक्रमित युवतीको  परिचय गोप्य  भने  राखिएको छ । पुष्टि भएकी ति युवतीलाई आइतवार साँझबाट नै क्वारेन्टायनमा पठाइएको छ ।

स्वास्थ्य मन्त्री भानुभक्त ढकालका अनुसार यस अघि पनि एक जनामा यो संक्रमण देखिएको र हप्तादिनमा नेगेटिभ आएको थियो । जसरी पहिला पनि एक जनामा देखिएको संक्रमण एक हप्तामा ठिक भयो, अहिले देखिएको पनि चाँडैनै ठिक हुन्छ भन्ने आशा गरौं मन्त्री ढकालले भने  अब बढीभन्दा बढी जनचेतना फैलाउन र हरप्रकारको सावधानी अप्नाउन मन्त्रीले पत्रकार सम्मेलनको क्रममा सबैसँग अनुरोध गरेका थिए ।

स्वास्थ्य मन्त्रालयको यो पत्रकारसम्मेलनसँगै नेपालमा कोरोना भाइरसका संक्रमित भएको आशंकामा सरकारले सत्यतथ्य लुकायो भन्ने आरोप खेप्नपरिरहेको सरकारलाई सफाई मिलेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिको अनुमति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार हुने उपनिर्वाचनका लागि सेना परिचालन गर्न अनुमति दिएका छन् …

प्रतिकृया दिनुहॊस