कोरोनाका कारण जिम्बाब्वेका ३० वर्षीय पत्रकारको मृत्यु

काठमाण्डौ । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणका कारण जिम्बाब्वेमा ३० वर्षीय टेलिभिजन पत्रकारको मृत्यु भएको छ । उनी कोरोना भाइरसका कारण जिम्बाब्वेमा मृत्यु हुने पहिलो व्यक्ति पनि हुन् ।

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि पत्रकार जोरोरो माकम्बालाई गएको बिहीबार अस्पताल भर्ना गरिएको र सोमबार मृत्यु भएको जिम्बाब्वेका स्वास्थ्य मन्त्रीले जानकारी दिएका छन् ।

ती पत्रकार निमोनियाका समेत बिरामी थिए । यस्तै गएको वर्ष उनको छातीबाट ट्युमर पनि निकालिएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सोल्टी होटल र इसेवाबीच सहकार्य

काठमाडौँ । भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा र पाँचतारे होटेल सोल्टी होटेल्स तथा रिसोर्टसबीच व्यावसायिक …

प्रतिकृया दिनुहॊस