बैंकका सीमित शाखा खुल्ला हुने, अत्यावश्यक कारोबार नरोकिने

काठमाडौं । बैंक तथा वित्तीय संस्थाको सीमित शाखा खुला हुने भएको छ । राष्ट्र बैंकका अधिकारी र नेपाल बैंकर्स संघका पदाधिकारीहरुको अनौपचारिक छलफलले लकडाउनको समयमा पनि बैंकिङ कारोबार सूचारु गर्न सीमित शाखाहरु खुला गर्ने निर्णय गरेको हो ।

नेपाल बैंकर्स संघका अध्यक्ष भुवनकुमार दाहालले लकडाउनको समयमा ग्राहकको संख्या कम भए पनि अत्यावश्यक सेवा उपलब्ध गराउन सीमित शाखा खुला गर्न लागेको बताए । नेपाल राष्ट्र बैंकका कार्याकारी निर्देशक देवकुमार ढकालले बैंक खुला गर्ने कि नगर्ने भन्नेबारे सम्बन्धित बैंक र बैंकर्स संघले छलफल गरेको भन्दै संघले गरेको निर्णयलाई राष्ट्र बैंकले समर्थन र सहजीकरण गरिदिने बताए ।

सरकारले लकडाउनको घोषणा गर्दै बैंकिङ सेवालाई अत्यावश्यक सूचीमा नराखेपछि बैंकहरु खुल्छन् कि खुल्दैनन् भन्ने अन्यौलता सिर्जना भएको थियो । सरकारी निर्देशनलाई हेर्दा बैंक तथा वित्तीय संस्था खुल्ने अवस्था थिएन । अब बैंकहरु खुला गर्नका लागि विशेष पास माग्न बैंकर्स संघ र सम्बन्धित बैंकहरुले स्थानीय प्रशासनसँग पहल गर्नेछन् ।

आवश्यक परे राष्ट्र बैंक र अर्थ मन्त्रालयले उनीहरुलाई सहजीकरण गर्ने बताइएको छ । तर कुन बैंकका कुन शाखा खुल्छन् भन्ने कारे सम्बन्धित बैंकहरुले नै सूचना जारी गर्नेछन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ग्लोबल मनि विकको सन्दर्भमा विद्यार्थीसंग कृषि विकास बैंक

काठमाडौं । ग्लोबल मनि विकको अवसर पारेर कृषि विकास बैंकले सुनसरी जिल्लाको हरिनगरामा विद्यार्थी संग …

प्रतिकृया दिनुहॊस