बैंकिङ सुविधा सुचारु गर्न एउटा बैंकलाई एउटा पास

काठमाडौं । विद्युतीय कारोबार सुचारु राख्न एउटा बैंकलाई एउटामात्र पास दिइने भएको छ। सरकारले सात दिनसम्म विहान ६ वजेदेखि साँझ ६ बजेसम्म लकडाउन गरेको हुँदा बैंकका सम्पूर्ण काउन्टर बन्द हुने नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले जानकारी दिए।

नेपाल बैंकर एसोसिएसनको समन्वयमा कुन बैंकका कुन कर्मचारीलाई पास दिइने भन्ने भएकाले जम्मा एउटा दिइएको भट्टले जानकारी दिए। आइतबार एसोसिएसनले विद्युतीय कारोबार निःशुल्क बनाउने निर्णय गरेको थियो।

काउन्टर बन्द भए पनि एटिएममा पैसा राख्ने, विद्युतीय कारोबारका लागि प्रणाली अपडेट गर्नु पर्ने भएकाले कर्मचारीहरु कार्यालयसम्म जानु पर्ने हुन्छ। यसका लागि पनि हरेक बैंकका केही कर्मचारीलाई पासको व्यवस्था गरिने भएको हो।

उपत्यका बाहिरको हकमा सम्बन्धित प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरेर आवश्यक काम गरिने तयारी गरिएको छ। तर अहिले नै उपत्यकाबाहिर के–कसरी अगाडि बढ्ने भन्ने विषयमा निर्णय भैसकेको छैन।

बैंकहरुले मुख्य–मुख्य ठाउका केही काउन्टर आकस्मिक सेवाका लागि खुला गर्ने प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले जानकारी दिए। बैंकहरुको एटिएममा पैसा राख्नका लागि र विद्युतीय कारोबार सुचारु गर्नका लागि केही कर्मचारीहरुलाई पास दिने कुरा भएको उनले जानकारी दिए।

सरकारले अत्यावश्यक सामग्रीका लागि रोक नलगाएको हुँदा केही बैंकका काउन्टर खुला गर्ने विषयमा नेपाल राष्ट्र बैंकसँग छलफल भैरहेको हिमालयन बैकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले जानकारी दिए।

सरकारले आकस्मिक रुपमा बन्द गर्ने निर्णय गरेको हुँदा बैंकहरुले आन्तरिक रुपमा तयारी गरेका छैनन्। यस्तो अवस्थामा बैंकिङ सुविधा के–कसरी सुचारु गर्न सकिन्छ भन्ने विषयमा छलफल भैरहेको राणाले जानकारी दिए।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एनएमबी बैंकको एघारौँ ‘हेरिटेज वाक’, सोसाइटीलाई ५ लाख सहयोग

काठमाडौँ । एनएमबी बैंकले एघारौँ ‘हेरिटेज वाक’ कार्यक्रम सम्पन्न गरेको छ। बुधवार बैंकको बल्खु शाखाबाट …

प्रतिकृया दिनुहॊस