चितवनमा छुट्टाछुट्टै दुर्घटनामा दुईजनाको मृत्यु

चितवन ।  भरतपुरमा गएराति भएको  छुट्टाछुट्टै दुर्घटनामा दुईजनाको मृत्यु गएको छ भने एकजना घाइते भएका छन् ।

सोमबार राति साढे ८ बजे विकासचोकस्थित भित्रि सडकमा चौबिसकोटीबाट गीतानगरतर्फ जाँदै गरेको प्रदेश नं ३–०३००३ प १६३४ नं को मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । ठक्करबाट गम्भीर घाइते भएका बुद्धीराज सापकोटाको उपचारको क्रममा राति पौने ९ बजे भरतपुर अस्पातलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने मोटरसाइकल चालक भरतपुर १४ सुन्दरबस्तीका २१ वर्षीय सविन आचार्य घाइते भएका छन् । उनको भरतपुर अस्पातलमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । यस्तै सोमबार राति नै स्कार्पियोको ठक्करबाट एक जनाको मृत्यु भएको छ । भरतपुर १० त्रिचोकस्थित भित्री सडकमा नम्बर नखुलेको स्कार्पियोको ठक्करबाट पैदालयात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्करबाट भरतपुर १० बस्ने वर्ष ४० का साजन तामाङको उपचारको क्रममा राति ९ बजे भरतपुर अस्पातलमा मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने स्कार्पियो फरार भएकोले खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

गौर हत्याकाण्डविरुद्ध कारण देखाउ आदेश जारी

काठमाडौं । सर्वोच्च अदालतले रौतहटको गौरमा भएको हत्याकाण्डको विषयमा कारण देखाउ आदेश जारी गरेको छ …

प्रतिकृया दिनुहॊस