उपत्यकाका यी ६९ शैक्षिक संस्थाका कक्षा कोठा क्वारेन्टाइन बनाइँदै

काठमाडौं । उपत्यकामा ६९ निजी शैक्षिक संस्थाले क्वारेन्टाइनका रूपमा प्रयोग गर्ने गरी दुई हजार एक सय पाँच कक्षाकोठा प्रयोग गर्न दिने भएका छन् । दुई हजार जना अट्ने कक्षाकोठा माग गरिएपछि निजी शैक्षिक संस्थाका पदाधिकारीले ६९ शैक्षिक संस्थाको सूची प्रस्ताव गरी बुझाएका हुन् ।

पर्यटनमन्त्री योगेश भट्टराई संयोजकत्वको कोभिड–१९ विरुद्ध क्वारेन्टाइन स्थल निर्माण तथा व्यवस्थापन कार्यदलको आइतबारको बैठकमा प्याब्सन, एनप्याक्सन र हिसानका प्रतिनिधिले आपसी समन्वयमा कम्तीमा दुई हजार व्यक्ति अट्ने होस्टेल र स्कुलको स्थानसहितको विवरण तयार गरी पेस गर्न आग्रह गरिएको थियो ।

हिसानका महासचिव लोकबहादुर भण्डारीले सोमबार संयुक्त रूपमा क्वारेन्टाइनका रूपमा प्रयोग गर्न सकिने शैक्षिक स्थलको विवरण बुझाएको बताए । निजी शैक्षिक संस्थाले बुझाएको विवरणअनुसार सरकारी अधिकारीले अनुगमन गरी उपयुक्तलाई छनोट गर्नेछन् ।

कुन शैक्षिक संस्थाका कति कक्षाकोठा प्रस्ताव ?

लिटिल एन्जल्स कलेज १००
बूढानीलकण्ठ स्कुल १००
एड्भान्स इन्जिनियरिङ कलेज २५
भक्तपुर निस्ट २०
ब्रिलियन्ट एजुकेसनल सेकेन्डरी स्कुल २०
क्यानभास इन्टरनेसनल कलेज ३०
क्यास्पियन भ्याली कलेज ३५
सिसिआरसी कलेज ५०
कसमस कलेज ३०
चाणक्य कलेज अफ म्यानेजमेन्ट २५
एडमार्क स्कुल २५
आइन्स्टाइन एकेडेमी कलेज २५
एभरेस्ट कलेज २०
जेम्स स्कुल ५०
ग्लोबल कलेज अफ म्यानेजमेन्ट ४०
गोल्डेनगेट इन्टरनेसनल कलेज ६०
ग्रिनफिल्ड नेसनल स्कुल २० हे
राल्ड इन्टरनेसनल कलेज ५० हि
मालय कलेज ३०
हिमालयन इन्जिनियरिङ कलेज ३५
हिमालयन ह्वाइटहाउस इन्टरनेसनल ३०
हृत एकेडेमी २५
जुबिलेन्ट कलेज २०
कान्जिरोवा नेसनल स्कुल २५
काठमाडौं भ्याली कलेज २०
किस्ट कलेज ३०
केएमसी कलेज ४०
केएमसी कलेज ३०
लिंकन कलेज २०
मनकामना सेकेन्डरी स्कुल ३०
मेधावी कलेज २०
माइलस्टोन इन्टरनेसनल कलेज ३०
मोडर्न बोर्डिङ स्कुल २५
मोर्गन इन्टरनेसनल कलेज ४०
नवजीवन एजुकेसनल एमेडेमी २०
नवोदित विद्याकुञ्ज मावि २५
नेपाल मेगा कलेज ३०
एमसिआइटी २५
निस्ट कलेज ३५
नोबेल एकेडेमी ३०
पाठशाला नेपाल फाउन्डेसन २५
पेन्टागन इन्टरनेसनल कलेज २५
पिनाकल एकेडेमी २०
प्रिसियस नेसनल एकेडेमी २०
प्रिमियर कलेज २०
रेन्बो इन्टरनेसन बोर्डिङ स्कुल २०
रिलायन्स इन्टरनेसनल एकेडेमी ३०
राइजिङ स्टार कलेज २०
समृद्धि कलेज २५
रेडन कलेज ३०
सी–बर्ड इन्टरनेसनल कलेज २५
साउथवेस्टर्न स्टेट कलेज ३५
सुप्रिम एकेडेमी २०
द टाइम्स इन्टरनेसनल कलेज ३५
ट्रिनिटी इन्टरनेसनल कलेज ५०
ट्रिटन इन्टरनेसनल कलेज ३०
युनाइटेड एकेडेमी २५
युनिभर्सल कलेज २५
भिएस निकेतन कलेज ४०
ह्वाइटफिल्ड इन्टरनेसनल कलेज ३०
जेभियर एकेडेमी सेकेन्डरी स्कुल २५
जेभियर इन्टरनेसनल कलेज ३०
त्रियोग स्कुल ३०
जेभियर इन्टरनेसनल स्कुल ३०
पाटन निस्ट सेकेन्डरी स्कुल २५
(नयाँ पत्रिका दैनिकबाट)

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रविले भने- जीबी राईका बदमासीको ठेक्का मैले लिनुपर्ने हो ?

काठमाडाैं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूले सहकारीबाट ऋण नलिएको बताएका छन्। मंगलबार सामाजिक …

प्रतिकृया दिनुहॊस