बुटवलमा ४० बेडको आइसोलेसन तयार , ५ जनाको रिर्पोट ‘नेगेटिभ’

रुपन्देही । बुटवलमा ४० बेड क्षमताको कोरोना विशेष आइसोलेसन अस्पताल तयार भएको छ । बुटवल उपमहानगरपालिका र लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको सहकार्यमा बुटवलको धागो कारखाना भवनमा अस्थायी अस्पताल तयार गरिएको हो ।

भेन्टिलेटर सुविधासहित २ कोठामा ४० बेड तयार भएको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका कोरोना उपचार फोकल पर्सन डाक्टर सुर्दशन थापाले जानकारी दिए ।

अस्पतालबाहिर नेपाली सेनाले निर्माण गरेको टेण्टमा पनि बेडहरु राखिएका छन् । अस्थायी आइसोलेसन अस्पतालमा लुम्बिनी प्रादेशिक अस्पतालका चिकित्सक र प्राविधिकसहित १५ जना स्वास्थ्यकर्मी खटाइने मेडिकल सुपरीटेण्डेण्ट डाक्टर राजेन्द्र खनालले बताए ।

अस्पताल बनाउन नेपाली सेना र नेपाल प्रहरीले तीन दिन श्रमदान गरेका थिए । यसैबीच प्रादेशिक अस्पताल बुटवलबाट कोरोना संक्रमणको आशंकामा काठमाण्डौको टेकु अस्पतालमा नमुना परीक्षणका लागि पठाइएका पाँच जनाको रिर्पोट ‘नेगेटिभ’ आएको अस्पतालले बताएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

गण्डकी र सुदूरपश्चिमको क्रियाकलाप असंवैधानिक : कांग्रेस

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखले गैर संबैधानिक काम …

प्रतिकृया दिनुहॊस