१४ दिन पुरै नेपाल ‘लक डाउन’ गरौं : प्रदिप पौडेल

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम युवा नेता प्रदिप पौडेलले १४ दिन पुरै नेपाल ‘लक डाउन’ गर्न आग्रह गरेका छन् । धेरै देशका जनताले हेलचेक्राई गर्दा कोरोना भाइरस फैलिएको भन्दै उनले सचेत हुन पनि आग्रह गरेका छन् ।

धेरै देशका जनताहरुले कोरोना (कोभिड–१९) भाईरसलाई हेलचेक्राई गर्दा भाइरस धेरै फैलिएको र धेरै मानिस संक्रमित भएको देखिन गएको छ तसर्थ म नेपाल सरकारसँग विनम्रतापूर्वक आग्रह गर्दछु कम्तीमा १४ दिन सम्पूर्ण ‘नेपाल लक डाउन गरौं ।’ नेपाली जनतामा जुन त्रास छ त्यो हटाउनेतर्फ हामी सबै एक हौं र सरकारलाई साथ दिऊ !’, पौडेलले फेसबुकमा लेखेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

राष्ट्रपति पौडेलद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा मङ्गलबार आउनुभएका कतारका अमिर शेख …

प्रतिकृया दिनुहॊस