भारतका २२ राज्यमा ‘लकडाउन’

काठमाडौं । भारतका विभिन्न २२ राज्यमा कोरोनाभाइरस सङ्क्रमण फैलिन नदिन आवतजावत नियन्त्रणका कडा उपाय लागु गरिएको छ ।  भारतको राजधानी दिल्लीसहित विभिन्न राज्यमा मार्च महिनाको अन्त्यसम्मका लागि  ‘लकडाउन’ गरिएको हो । राजधानी दिल्लीमा बिहान ६ बजेदेखि लकडाउन लागु भयो । तर दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालका अनुसार उक्त अवधिमा अत्यावश्यक सेवाहरू भने सञ्चालन हुनेछन् ।

यसअघि आइतवार भारतभरि बिहानदेखि बेलुका सम्म जनता कर्फ्यू लागु गरिएको थियो । आइतवार साँझ भारत सरकारले देशका २२ राज्यका ७५ जिल्लामा मार्च ३१ सम्मको लागि लकडाउन वा अनावश्यक आवतजावतमा प्रतिबन्ध घोषणा गर्‍यो ।

के हो लकडाउन ?

लकडाउन भनेको एक यस्तो आपत्कालीन व्यवस्था हो जसअन्तर्गत निजी प्रतिष्ठान, निजी कार्यालय एवं सार्वजनिक यातायात पूर्ण रूपले बन्द गरिन्छ ।

अर्थात् कुनै विशेष कारणविना मानिस घरबाहिर निस्किन र हिँडडुल गर्न पाउँदैनन् । भारतमा लागु गरिएको लकडाउन अनुसार त्यहाँ सार्वजनिक यातायात बन्द रहनेछ । तर केही राज्यले भने एकचौथाइ सरकारी बस चल्ने बताएका छन् ।

सबै पसल, स्टोर, कारखाना, वर्कशप, अफिस, गोदाम तथा साप्ताहिक बजार बन्द रहनेछन् । एक राज्यबाट अर्को राज्य जाने बस तथा रेल सेवा बन्द गरिने । साथै सबै धार्मिक तथा सामाजिक कार्यक्रम रद्द गरिनेछन् ।

तर लकडाउनको अवधिमा प्रहरी कार्यालय, अस्पताल, अग्नि नियन्त्रक कार्यालय, जेल, महत्त्वपूर्ण सरकारी कार्यालय तथा सरकारी खाद्यान्न एवम् किराना पसल खुला रहने भारत सरकारले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सोल्टी होटल र इसेवाबीच सहकार्य

काठमाडौँ । भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा र पाँचतारे होटेल सोल्टी होटेल्स तथा रिसोर्टसबीच व्यावसायिक …

प्रतिकृया दिनुहॊस