सोमबार अरु विदेशी मुद्राको भाउ घट्दा बहराइन दिनार भने बढ्यो

काठमाण्डौ । सोमबार अमेरिकी डलरको भाउ केही घट्दा अरु विदेशी मुद्राको भाउ पनि केही पैसा घटेको छ । तर बहराइन दिनार भने बढेको छ । नेपाल राष्ट्र बैंकले सोमबार अमेरिकी डलर एककोे खरिददर १२० रुपैयाँ र बिक्रीदर १२० रुपैयाँ ६० पैसा तोकेको छ । हिजो खरिददर १२० रुपैयाँ ०८ पैसा र बिक्रीदर १२० रुपैयाँ ६८ पैसा थियो ।

साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३२ रुपैयाँ ०९ पैसा तोकेको छ । हिजो खरिददर ३१ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ११ पैसा रहेको थियो । कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३३ रुपैयाँ १२ पैसा तोकेको छ । हिजो खरिददर ३२ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३३ रुपैयाँ १४ पैसा रहेको थियो ।

यस्तै, आज ओमानी रियाल १ को खरिददर ३११ रुपैयाँ ७९ पैसा तोकेको छ । हिजो खरिददर ३१२ रुपैयाँ ०७ पैसा तोकेको थियो । आज यूएई दिर्हाम १ को खरिददर ३२ रुपैयाँ ६७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८३ पैसा तोकेको छ । हिजो खरिददर ३२ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८५ पैसा तोकेको थियो ।

मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ०८ पैसा र बिक्रीदर २७ रुपैयाँ २२ पैसा तोकेको छ । हिजो खरिददर २७ रुपैयाँ ३२ पैसा र बिक्रीदर २७ रुपैयाँ ४६ पैसा रहेको थियो । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ५६ पैसा र बिक्रीदर ९ रुपैयाँ ६१ पैसा तोकेको छ । हिजो खरिददर ९ रुपैयाँ ६५ पैसा र बिक्रीदर ९ रुपैयाँ ६९ पैसा थियो ।

कुवेती दिनार १ को खरिददर ३८५ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३८७ रुपैयाँ ४२ पैसा तोकेको छ । हिजो खरिददर ३८५ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३८७ रुपैयाँ ५९ पैसा रहेको छ । यस्तै आज बहराइन दिनार १ को खरिददर ३१८ रुपैयाँ २३ पैसा र बिक्रीदर ३१९ रुपैयाँ ८२ पैसा तोकेको छ । हिजो बहराइन दिनार १ को खरिददर ३१८ रुपैयाँ र बिक्रीदर ३१९ रुपैयाँ ५९ पैसा रहेको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

घट्यो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा नयाँ कीर्तिमान बनाएको सुनको मूल्य आज (बिहीबार) घटेको छ । बुधबार …

प्रतिकृया दिनुहॊस