बैंकहरु बन्द नहुने (सूचनसहित)

काठमाडौ । कारोना भइरसको जोखिमका कारण सरकारले अत्यावश्यक बाहेकका सेवा बन्द गरेपनि बैंकहरु बन्द नहुने नेपाल राष्ट्र बैंकले जनाएको छ। केन्द्रीय बैंकले आइतबार सर्कुलर जारी गर्दै नेपाल सरकारबाट आवश्यक सेवा भन्दा अन्य सेवाहरु मात्र बन्द गर्ने निर्णय भएकाले क, ख, ग र घ बर्गका सबै बैंक तथा वित्तीय संस्थाहरु बन्द नहुने जनाएको हो।

कर्मचारीको सुरक्षको लागि आवश्यक न्यूनतम स्वास्थ्य सुरक्षका उपायहरु जस्तै मास्क, सेनिटाइजर, पञ्जा आदि अनिवार्य रुपमा अबलम्बन गर्न निर्देशन दिएको छ। त्यसैगरी सेवाग्राहीको भीडभाड नहुने सुनिश्चितताको साथ सेवा प्रवाह गर्ने तथा विद्युतिय माध्यमबाट गरिने कारोबारलाइ थप प्रोत्साहन गर्ने केन्द्रिय बैंकले जनाएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कामना सेवाद्वारा पोखरा विश्वविद्यालयमा स्वास्थ्य प्रयोगशाला निर्माण गरी हस्तान्तरण

काठमाडौँ । कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पोखरा विश्वविद्यालय, शिक्षण अस्पताल, …

प्रतिकृया दिनुहॊस