कैदीबन्दी भेट्नलाई रोक

तनहुँ । जिल्ला कारागार तनहुँले कैदीबन्दी भेट्नलाई रोक लगाएको छ । कोरोना भाइरसको त्रासका कारण कैदीलाई भेट्न आउने आफन्त तथा शुभेच्छुकलाई रोक लगाइएको कारागारले जनाएको छ ।

सरकारले भिडभाड हुने ठाउँमा २५ जना भन्दा बढी जम्मा नहुन आग्रह गरेको छ । जिल्ला कारागारमा पनि धेरै संख्यामा मानिसहरु आउने भएकाले भेटघाटमा रोक लगाइएको कारागारका निमित्त प्र्रमुख नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

अत्यावश्यक बाहेक अन्यलाई भेटघाट गर्न आउँदा संक्रमण फैलन सक्ने सम्भावनालाई न्यूनिकरण गर्न भेटघाट र आवतजावतमा कारागारले निषेध गरेको हो । दैनिक तीस चालिस जना आफन्तले कैदीलाई भेट्न आउने गरेको जिल्ला कारागार तनहुँले जनाएको छ ।

३५ जना अट्ने क्षमताको जिल्ला कारागारमा हाल ६६ कैदी र ८० थुनुवा गरी कुल एक सय ४६ कैदीबन्दी रहेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

भारतमा लोकसभा चुनाव : २१ राज्यका १०२ सिटमा धमाधम मतदान

काठमाडौं । भारतमा सात चरणमा हुने लोकसभा चुनावको पहिलो चरणको मतदान आज हुँदैछ । यस …

प्रतिकृया दिनुहॊस