प्रिमियर लिग फुटबल सुचारु गर्नेबारे एक सातापछि बैठक बस्ने

काठमाडौं । कोरोना भाईरसको कारण स्थगित इन्ग्लिश प्रिमियर लिग फुटबल पुन: सुचारु गर्ने बिषयमा छलफल गर्न एकसातापछि बैठक बस्ने भएको छ ।

स्काई स्पोर्ट्सका अनुसार लिग पुन: सुचारुका लागि अप्रिल ३ मा बैठक बोलाईएको छ । बैठकमा २० क्लबको सहभागिता रहनेछ ।

कोरोनाको कारण विश्वको खेलकुद तालिका अस्तव्यस्त बनेका बेला  प्रिमियर लिग अप्रिल ३० सम्मको लागि स्थगित गरिएको छ ।

बैठकले लिगको नयाँ मिति तोक्ने बताईएको छ । यस सिजनको बाँकी लिग खेल जुन १ बाट सुरु गर्ने तयारी भईरहेको बुझिएको छ ।

यॊ पनि हेर्नुहॊस

फाेर्ब्सको सूचीमा परेकी गल्फर प्रतिमा भन्छिन्- ‘कोरोनाले खुशी साँट्नै पाइनँ’

काठमाडौं । दुई दिनयता प्रतिमा शेर्पाको मन उकुसमुकुस भइरहेको छ । उनी घरी सामाजिक सञ्जाल …

प्रतिकृया दिनुहॊस