गाउँपालिका आफैले मास्क उत्पादन गरी वितरण

सिन्धुपाल्चोक । हेलम्बु गाउँपालिकाले नागरिकको स्वास्थ्यप्रति संवेदनशील हुँदैं मास्क वितरण गरेको छ । बजारमा मास्कको अभाव भएपछि पालिका आफैले मास्क बनाएर वितरण गर्न थालेको हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिए ।

उनले भने, ‘चुनावमा टिसर्ट, क्याप त्यतिकै बाँड्छन आपत पर्दा मास्कपनि उपलब्ध गराउन नसक्ने भनेर जनताले आलोचना गर्न थालेपछि ‘होममेड मास्क’ बनाएर वितरण गरेका छौं ।’ गाउँपलिकाले आफ्नै खर्चमा दैनिक तीन सय मास्क तयार गर्ने गरेको छ । ती मास्क पालिकामा आउने सबैलाई निशुल्क वितरणको व्यवस्था गरेको छ ।

कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै एउटा गाउँबाट अर्को गाउँ आउँजाउँमा पनि पालिकाले कडाइ गरेको छ । पालिका अध्यक्ष शेर्पाले भने, ‘एकजनामा भएपछि गाउँ नै सोतर हुन्छ त्यसैले एउटा गाउँबाट अर्को गाउँ आउनजान नगर्न अनुरोध गरेका छौं ।’

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

आयोगलाई शिक्षामन्त्रीको निवेदन- राजनीति गर्ने शिक्षकलाई कारबाही हुँदैछ,विवरण उपलब्ध गराइदिनु

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दलीय आबद्धता भएका शिक्षकहरूलाई कारबाही गर्न सहजताका लागि …

प्रतिकृया दिनुहॊस