आज विभिन्न ठाउँमा ग्याँस बाँडिदै, कुन ग्याँस कहाँ कहाँ पाइन्छ ?

काठमाडाैँ । कोरोना भाइरसका त्रासका कारण खाद्य सामाग्रीसँगै एलपी ग्याँसको अभाव हुन थालेपछि नेपाल आयल निगमले आज ग्याँस गर्दैछ।

आमउपभोक्ताले सहज रुपमा ग्याँस नपाएको गुनासो बढेपछि काठमाडौं उपत्यकामा कारोबार गर्ने ग्याँस कम्पनीहरुले आज साँझ ५ बजेसम्म विभिन्न स्थानमा एलपी ग्याँस वितरण गर्ने आयल निगमले जनाएको छ।

कुन कम्पनीको ग्याँस कहाँ कहाँ वितरण हुँदैछ त?
१. नेपाल/तारा ग्याँस – बीएमसी कर्नर बालाजु, अनामनगर स्टोर, अनामनगर, एसएस स्टोर, सातदोबाटो
२. सगर/चण्डी ग्याँस – बिक्री डिपो, जडिबुटी
३. एचटीसी ग्याँस – साल्ट टे«डिङ कर्पोरेशन कालीमाटी, जडिबुटी गोदाम
४. ओम ग्याँस – आदर्श स्टोर थली, डाँछी, उत्सव खड्का नैकाप
५. बाबा/श्री/लुम्बिनी ग्याँस – भद्र फ्युल सेन्टर कपन, इलाईट स्टिल अगाडि, धुम्बाराही
६. एचपी ग्याँस – असीम किचेन एण्ड ग्याँस सप्लायर्स
७. सिद्धार्थ ग्याँस – केसी एलपी ग्याँस सप्लायर्स, इमाडोल
८. श्री माया ग्याँस – कम्पनीको डिपो, सतुंगल
९. लोकप्रिय ग्याँस – भान्जा ट्रेडर्स, नैकाप
१०. सूर्य ग्याँस – जोशी भीमसेन स्टोर, जगाती
११. गीता ग्याँस – टोयटा शोरुमको अगाडि धुम्बाराही
१२. राजधानी ग्याँस –बिक्री डिपो, सीतापाइला
१३. हिमाल ग्याँस – प्रयास टेडर्स एण्ड सप्लायर्स, भगवती बहाल
१४. नमस्ते – कुमार स्टोर, कागेश्वरी मनहरा
१५. भानु ग्याँस – लीला ग्याँस डिपो, गोंगबु
१६. एभरेष्ट÷सुगम ग्याँस – ग्याँस एण्ड अक्सिजन ट्रेड, सिफल
१७. श्रीराम ग्याँस – सेल्स डिपो, हरिसिद्धी

90771904 240397270467870 8657380963120054272 n

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सुनको भाउले तोड्यो कीर्तिमान, एकैदिन २१ सयले बढेर १ लाख ३० हजार पुग्यो

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको भाउले नयाँ इतिहास रचेको छ । बिहिबार प्रतितोला …

प्रतिकृया दिनुहॊस