कृत्रिम अभाव सिर्जना गर्नेलाई ५ वर्ष कैद गर्ने निर्णय

काठमाण्डाै । सरकारले दैनिक अत्यावश्यक वस्तुको कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गर्नेमाथि पाँच वर्ष कैद गर्ने निर्णय गरेको छ ।

खाद्यान्न, दाल, तेल, इन्धन, खाना पकाउने ग्यास, औषधिलगायतमा कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गर्ने उद्योगी, आयातकर्ता, थोक बिक्रेता तथा खुद्रा बिक्रेतालाई पाँच वर्षको कैद गर्ने निर्णय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गरेको हो ।

मन्त्रालयले बजार अनुगमनका क्रममा कृत्रिम अभाव देखाएर बढी मूल्य लिएको पुष्टि भए त्यसमा संलग्न व्यवसायीलाई तत्कालै कानुन अनुसार हदैसम्मको कारबाही गर्ने निर्णय गरेको छ ।

काेराेना भाइरस (काेभिड १९) काे आडमा व्यापारीहरुले कृत्रिम अभाव सिर्जना गरी कालाेबजारी गर्दै आइरहेका छन् । विशेषगरी खाद्यान्न र खाना पकाउने ग्यासमा कृत्रिम अभाव सिर्जना गरिएकाे छ ।

अत्यावश्यक वस्तुकाे अभाव नरहेकाे र आपूर्ति सहज गराउने भन्दै सरकारले अनुगमन र सतर्कता बढाएकाे हाे ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

गण्डकी र सुदूरपश्चिमको क्रियाकलाप असंवैधानिक : कांग्रेस

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखले गैर संबैधानिक काम …

प्रतिकृया दिनुहॊस