नेयमारलाई फर्काउने बार्सिलोनाको तयारी

काठमाडाैँ । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) ले बेच्न तयार भएसँगै ब्राजिलियन सुपरस्टार नेयमार पूर्व क्लब बार्सिलोना फर्कने तयारीमा छन् । नेयमारलाई बार्सिलोना फर्काउने विषयमा उनका प्रतिनिधि र बार्सिलोनाको ब्यवस्थापनबीच तिब्र छलफल भएको छ । पीएसजीले हालै नयरमारलाई बेच्न तयार भएको थियो । पीएसजीले नेयमारको मुल्य एक सय ३५ मिलियन पाउन्ड समेत तोकिसकेको छ ।

बार्सिलोना नेयरमारलाई ठूलो रकम तिरेर फर्काउन चाहेको अन्तर्राष्ट्रि«य सञ्चार माध्यामले जनाएका छन् । बार्सिलोनाले अघिल्लो समरमै नेयमारलाई फर्काउन चाहेको थियो । तर त्यतिवेला पीएसजीले नयेमारको मूल्य एक सय ८६ मिलियन पाउन्ड राखेकोले बार्सिलोना हच्किएको थियो ।

यसअघिनै पीएसजी छाड्न चाहेका नयेमारलाई यसपटक पूर्व क्लब फर्कने राम्रो अवसर जुरेको छ । नेयरमारलाई बार्सिलोना फर्काउन कप्तान लियोनल मेस्सीले पनि जोड गर्दै आएका थिए । नयमार पनि  पछिल्लो समय आफ्नो आम्दानी घटाएरै भएपनि बार्सिलोना फर्कन चाहेका थिए ।

पीएसजीले फुकुवा गरेपनि अब नेयमारको जोडी मेस्सी र लुईस स्वारेजसँग मजाले जम्ने देखिएको छ । नेयमार सन् २०१७ मा दुई सय २२ मिलियन पाउन्डमा बार्सिलोनाबाट पीएसजी पुगेका थिए । नेयमार पीएसजीमा त्यति खुशी थिएनन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दीपेन्द्रसिंह ऐरीको जर्सी १ हजार ५० डलरमा बिक्री

काठमाडौं । अमेरिकाका नेपाली क्रिकेट टीमका खेलाडी दीपेन्द्रसिंह ऐरीको जर्सी सबैभन्दा बढी मुल्यमा विक्री भएको …

प्रतिकृया दिनुहॊस