फाइल फाेटाे

उपत्यकामा एक हजार बढी सवारी चालकमाथि कारबाही

काठमाडाैँ । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा शनिबार सवारी नियम उलङ्घन गर्ने १ हजार ६५ सवारी चालक माथि कारबाही गरेको छ।

ट्राफिक प्रहरीका अनुसार शनिबार काठमाडौं उपत्यकामा ९ जनालाई मादक पदार्थ सेवन गरी सवारी चलाएकोमा कारबाही गरिएको थियो। यस्तै, सिसिटिभि फुटेज हेरेर ट्राफिक नियम उलङ्घन गर्ने ६० जना सवारी चालकलाई कारबाही गरिएको थियो।

ट्राफिक कारबाहीमा पर्नेमा ९ जना भाडाका कार तथा ट्याक्सी चालक, १६ जना जेब्राक्रसिङमा सवारी रोक्ने र १० जना टिपर चालक रहेका छन्।

यसैगरी, फुटपाथमा पार्किङ गर्ने ६१, निषेधित क्षेत्रमा हर्न बजाउने १९ जना छन्। त्यस्तै अन्य कारबाही ८ सय ६५ सवारी चालक परेको ट्राफिक प्रहरीले बताएको छ।

शनिबार काठमाडौं उपत्यकामा ३४ वटा सवारी दुर्घटना भएका थिए, जसमा परी २० जना सामान्य घाइते भएका थिए।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सर्वोच्चको आठ बुँदे आदेश- पशुपति क्षेत्रमा गाडी चल्न नदिनू, शव गाड्ने वैकल्पिक ठाउँ खोज्नू

काठमाडौं । सर्वोच्च अदालतले विश्व सम्पदा सूचीमा रहेको पशुपतिनाथ मन्दिर क्षेत्रमा इञ्जिनले चल्ने कुनै पनि …

प्रतिकृया दिनुहॊस