नेपालभर अत्यावश्यकबाहेक सबै सेवा बन्द, यी हुन् अत्यावश्यक सेवा

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिरहेको कोभिड–१९ को जोखिमका कारण मुलुकभर अत्यावश्यकबाहेक सबै सेवा आज(आइबार)बाट बन्द गरिएको छ । संघ, प्रदेश र स्थानीय तहमा रहेका सार्वजनिक, सामुदायिक र निजी क्षेत्रले प्रदान गर्ने सेवा चैत २१ गतेसम्मका लागि बन्द गरिएको हो ।

सबै सरकारी कर्मचारी र अत्यावश्यक क्षेत्रमा खटिने निजी क्षेत्रका कर्मचारीहरूले भने नियमित सेवा प्रदान गर्नेछन् । बन्द नहुने सेवाहरुमा डाँक, तार वा टेलिफोन,सञ्चार,यातायात, प्रिन्ट वा सरकारी छापा,रक्षा आन्तरिक सुरक्षा, पेट्रोलियम पदार्थको ढुवानी पैठारी, भण्डारण र वितरण, खानेपानी संचालन तथा वितरण, अस्पताल,फोहरमैला संकलन, विद्युत र दैनिक उपभोग्य बस्तुसम्बन्धी सेवा छन् ।

अस्तालहरुमा ओपीडी सेवा भने बन्द नहुने स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै नेपाल भित्रने सबै अन्तर्राष्ट्रिय उडानहरू पनि आइतबारबाट चैत्र १८ गतेसम्म स्थगित गरिएका छन् । सरकारले सबै लामो दूरीका यात्रुवाहक बसलाई भोलिदेखि केही अवधिका लागि रोक लगाएको छ । मानिसहरुको भीडभाड हुने स्थान,सिनेमा घर, शैक्षिक संस्थाहरु भने यसअघि नै बन्द गरिसकिएको छ ।

के-के हुन अत्यावश्यक सेवा ?

गत अशोजमा प्रकाशन गरेको राजपत्रमा अत्यावश्यक सेवाका १९ वटा सूची छन् । अत्यावश्यक सेवामा डाँका, तार वा टेलिफोन, जल, स्थल वा वा हवाइजहाज यात्री वा मालसामान ओसारपसार गर्ने यातायात, हवाई अड्डा वा हवाईजहाजको देखभाल, त्यसको संचालन वा मर्मत, हवाई, ग्राउन्ड, रेलवे स्टेसन वा सरकारी गोदाममा मालसामान ओसारपसार गर्ने वा राख्ने झिक्ने वा थन्क्याउने काम पर्छन ।

प्रिन्ट वा सरकारी छापाखानासम्बन्धी, हातहतियार खरखजना वा अरु कुनै सैनिक सरसामानको उत्पादन गर्ने, थन्क्याउने, वितरण गर्ने काम सम्बन्धित नेपाल सरकार र रक्षा व्यवस्थाको कुनै सेवा, संचार, आन्तरिक सुरक्षा कार्यसम्बन्धी, खानेपानीको संचालन तथा वितरण, पर्यटन, आवास, मोटेल, होटल रेष्टुराँ र रिसोर्टसम्बन्धी, पेट्रोलियम पदार्थ, (एलपी ग्यास समेत)को पैठारी, ढुवानी, भण्डारण तथा वितरण पनि अत्यावश्यक सेवामा पर्छन ।

त्यस्तै अस्पताल तथा स्वास्थ्य केन्द्र संचालन र एम्बुलेन्सलगायतका सेवा, औषधि निर्माण तथा विक्री वितरण, फोहोरमैला संकलन, ढुवानी, प्रशोधन, विसर्जन, बैंकिङ, बिमा, विद्युत, दैनिक उपभोग्य बस्तु)खाद्यान्न, दाल, चामल, नुन–तेल)को पैठारी ढुवानी, भण्डार र वितरण, मौसम पूर्वानुमान, बाढी पूर्वानुमान तथा पूर्वसूचना पनि अत्यावश्यक सेवा हुन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

महिला स्वास्थ्य स्वयंसेविकालाई दिइयो आयुर्वेद सम्बन्धी सचेतना (तस्वीरहरुसहित)

काठमाडौं । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौंले महिला स्वास्थ्य स्वयंसेविकाका लागि आयुर्वेद सम्बन्धी सचेतना कार्यक्रम …

प्रतिकृया दिनुहॊस