फाइल फोटो

कोरोना भाइरसको प्रभाव : आजदेखि १० दिनका लागि सबै अन्तर्राष्ट्रिय उडान बन्द

काठमाडौं । कोरोना भाइरसको जोखिम उच्च भएपछि सरकारले आजदेखि १० दिनका लागि सबै अन्तर्राष्ट्रिय उडान बन्द गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशबासीलाई सम्बोधन गर्दै ९ चैतदेखि नेपाल भित्रिने सबै अन्तर्राष्ट्रिय हवाई उडानहरु स्थगित गर्ने घोषणा गरेका थिए ।

सोही घोषणालाई कार्यान्वयन गर्न गठित मुख्य सचिवको नेतृत्वको कार्यान्वयन समितिले आजदेखि उक्त घोषणालाई कार्यान्वयन गरेको हो ।सबै अन्तर्राष्ट्रिय उडानमा गरिएको प्रतिबन्ध तत्काललाई १८ चैतसम्म लागू हुनेछ । नेपालबाट दैनिक ४५ देखि ५० वटासम्म अन्तर्राष्ट्रिय उडान हुँदै आएको थियो । उडान र अवतरण गर्दा गर्दा ९० हाराहारी हुँदै आएका थिए ।

यसैबीच नागरिक उड्ययन प्राधिकरणले शनिबार साँझ विज्ञप्ती निकाल्दै प्यासेन्जर फ्लाइटसहितका उडान मार्च २२ पछि पनि निरन्तर हुने जनाएपछि अन्यौलता सृजना भएको छ ।

प्राधिकरणले सबै प्रकारका अन्तर्राष्ट्रिय उडानलाई अव अवतरण गर्न अनुमति नदिइने जनाए पनि  प्यासेन्जर फ्लाइट, फ्रेइटर फ्लाइट, रेस्क्यु, एयर एम्बुलेन्स, इमर्जेन्सी फ्लाइट’ भने नियमित रहने प्रष्ट्याएको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

डडेल्धुरामा कार दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौं । डडेल्धुरामा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मंगलबार जिल्लाको नवदुर्गा …

प्रतिकृया दिनुहॊस