कोरोना त्रास : तेस्रो मुलुकका सामान आयात रोकियो

काठमाडौं । कोरोना महामारीका कारण रुपन्देहीको बेलहिया नाकाबाट तेस्रो मुलुकका सामान आयात रोकिएको छ ।

सामान आयात रोकिँदा भैरहवा भन्सार कार्यालयको राजस्व सङ्कलनमा गिरावट आएको छ भने उद्योगी व्यवसायी चिन्तित बनेका छन् ।

चीनमा कोरोनाको सङ्क्रमण कम हुँदै गएपछि केही दिनदेखि सामान आयात हुँदै आएकोमा पछिल्लो समय भारतले तेस्रो मुलुकका सामान आयातमा कडाइ गरेकाले आयात निर्यात रोकिएको उद्योगी व्यवसायीले बताएका छन् ।

मान्छेबाट मात्र नभई सामानबाट पनि कोरोना सर्ने भएकाले भारतले नै तेस्रो मुलुकबाट आयात हुने सामानलाई कडाइ गर्दा नेपालमा पनि त्यसको असर परेको सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष कुलप्रसाद न्यौपानेले बताए ।

‘चीनलगायत कतिपय मुलुकबाट आउने सामानलाई भारतले सेल्फ क्वारेन्टाइनमा राखेको सुनिएको छ, यसको असर मुलुकको उद्योग व्यवसायमा पनि पर्छ ।’

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सर्वोच्चको आठ बुँदे आदेश- पशुपति क्षेत्रमा गाडी चल्न नदिनू, शव गाड्ने वैकल्पिक ठाउँ खोज्नू

काठमाडौं । सर्वोच्च अदालतले विश्व सम्पदा सूचीमा रहेको पशुपतिनाथ मन्दिर क्षेत्रमा इञ्जिनले चल्ने कुनै पनि …

प्रतिकृया दिनुहॊस