राष्ट्रिय वाणिज्य बैंकको एक्सटेन्सन काउन्टर अब सिन्धुलीमा

काठमाडौं । सिन्धुली जिल्लाको कमलामाई नगरपालिकास्थित जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय वाणिज्य बैक लिमिटेडको २९औं एक्सटेन्सन काउन्टर तथा राजश्व सङ्कलन केन्द्र सुरु गरिएको छ।

एक्सटेन्सन काउन्टरको उद्धघाटन बिहीबार जिल्ला प्रशासन कार्यालय सिन्धुलीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले गरे।

शाखा कार्यालय सिन्धुलीमार्फत रहने सो एक्सटेन्सन काउन्टरबाट विभिन्न सरकारी कार्यालयबाट लिईने राजश्व, धरौटी, सेवा शूल्क, दस्तुर, कर्मचारी संचय कोष, नागरिक लगानी कोष लगायतको रकम जम्मा गर्न सकिन्छ।

सो अवसरमा शाखा कार्यालय सिन्धुलीका शाखा प्रवन्धक खिलराज भट्टराई, सहायक शाखा प्रबन्धक बिनोद ओझा, जिल्ला प्रशासन कार्यालय सिन्धुलीका कर्मचारीहरुको लगायतको उपस्थिति थियो।

बैंकको हाल ७ प्रदेश, ७७ जिल्लामा २३९ वटा शाखा कार्यालय, २९ वटा एक्सटेन्सन काउन्टर, २०५ वटा एटिएम र ९३ वटा शाखारहित बैंकिङ सेवा रहेको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

जीवाश्म इन्धनको प्रयोग अन्त्य गर्ने विश्वव्यापी आह्वानमा एनएमबी बैंक सामेल

काठमाडौँ । एनएमबी बैंक लिमिटेडले ग्लोबल एलायन्स फर बैंकिङ अन भ्यालुज (जीएबीभी) का १७ प्रतिष्ठित …

प्रतिकृया दिनुहॊस