राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडौं । कोरोना भाइरसको संक्रमणको जोखिमकाकारण राष्ट्रियसभाको बैठक स्थगित भएको छ । राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले कार्य व्यवस्था परामर्श समितिको सुझावका आधारमा शुक्रबारका लागि तय भएको बैठक अर्को सूचना जारी नगरेसम्मका लागि स्थगन गरेका हुन् ।

राष्ट्रियसभाका सचिव राजेन्द्र फुयालले कोरोनाका संक्रमण हुन नदिन सरकारले सबै शक्तिकेन्द्रित गरेका बेला थप सतर्कता अपनाउनुपर्ने देखिएकाले संघीय संसदका दुवै सदनको बैठक स्थगित भएको जानकारी दिए । प्रतिनिधिसभाको बैठक पनि १३ गतेसम्मलाई स्थगित गरिसकिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रास्वपाबाट इलाम-२ मा मिलन लिम्बु उम्मेदवार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पाटी रास्वपाले इलाम–२ मा मिलन लिम्बुलाई उम्मेदवार बनाउने निर्णय गरेको छ …

प्रतिकृया दिनुहॊस