भारतीयलाई महेन्द्रनगर र नेपालीलाई बनबसाबाहेक अन्य क्षेत्रमा जान रोक

काठमाडौं । कोरोना भाइरसको सम्भावित संक्रमण रोक्न नेपालको पश्चिमी सीमामा कडाइ गरिएको छ । दुवै देशका अधिकारीको सहमतिमा सीमामा कडाइ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी मुकुन्द मरासिनीका अनुसार नेपाली नागरिकलाई भारतीय पक्षले सीमावर्ती सहर बनबासा र भारतीयलाई नेपाल पक्षले महेन्द्रनगरबाहेक अन्य स्थानमा जान पूर्ण रुपमा रोक लगाएको छ । यसअघि बनबासा र महेन्द्रनगरको बाटो प्रयोग गर्दै दुवै देशका नागरिक जुनसुकै स्थानमा पनि आउजाउ गर्न पाउथे ।

यस्तै सबै चारपाङ्ग्रे सवारीमा समेत रोक लगाइएको छ । तर मोटरसाइकल भने चल्न पाउनेछन् । बनबासा नाका भएर दैनिक सयौं नेपाली रोजगारीका लागि भारत जाँदै आएका थिए । अब कुनै काम विशेषले बनबासासम्म गए पनि त्यहाँबाट अन्त जान भने दिइने छैन । बनबासा–महेन्द्रनगर आवतजावत गर्ने दुवै देशका नागरिकको स्वास्थ्य जाँच समेत सीमा क्षेत्रमा हुँदै आएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

काठमाडौँबाट संखुवासभा जाँदै गरेको माइक्रो धनकुटामा पल्टियो

काठमाडौं । धनकुटामा माइक्रोबस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । काठमाडौंबाट सङ्खुवासभा जाँदै …

प्रतिकृया दिनुहॊस