क्रिकेट गतिविधि अनिश्चित समयको लागि स्थगित

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले सम्पूर्ण क्रिकेट गतिविधि अनिश्चित समयको लागि स्थगित गरेको छ ।

क्यानले हिजो एक सूचना जारी गर्दै कोराना भाइरसको जोखिम नियन्त्रणको लागि अर्को सूचना नआएसम्म क्रिकेटका सम्पूर्ण गतिविधि बन्द गर्ने निर्णय गरेको जनाएको छ । क्यानले केन्द्र, प्रदेश र जिल्लाको सचिवालय समेत बन्द गरिएको जनाएको छ ।

विश्वभर कोरोना भाईरस महामारीको रुपमा फैलिएपछि राष्ट्रिय खेलकुद परिषद (राखेप) ले एक हप्ता सम्पूर्ण खेलकुद गतिविधि बन्द गर्न निर्देशन दिएपछि क्यानले सम्पूर्ण गतिविधि बन्द गरेको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एसिसी प्रिमियर कपमा नेपालको लगातार चौथो जित

काठमाडौँ । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार चौथो जित दर्ता गरेको छ । …

प्रतिकृया दिनुहॊस