हिमालयन बैंकका ग्राहकहरुलाई सिद्धार्थ बिजनेस ग्रुप सहित १ सय भन्दाबढी स्थानमा विशेष छुट

काठमाडौं । हिमालयन बैंकले आफ्नो २७ औं बार्षिकोत्सवको अवसरमा ग्राहकहरु माझ सेवा अभिबृद्धि गर्ने उदेश्यले, आफ्ना सम्पूर्ण ग्राहकहरुलाई काठमाडौं, पोखरा, चितवन लगायत देशका विभिन्न १सय भन्दा बढी स्थानमा विशेष छुटको व्यवस्था गरेको छ ।

यसै सन्दर्भमा बैंकले आफ्ना ग्राहकहरुका लागि नेपालको हस्पिट््यालिटिको क्षेत्रको प्रतिष्ठित समुह सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिट््यालिटिसंग एक सम्झौता पत्रमा हस्ताक्षर गरिे उक्त समुहको नेपालका विभिन्न स्थानमा रहेका १९ वटा होटल, रिसोर्ट, रेष्टुराँ, क्याफेहरुमा १०% को आकर्षक तथा विशेष छुटको व्यवस्था गरेको छ ।

बैंकका तर्फबाट बैंककमा महाप्रबन्धक उज्जल राजभण्डारी तथा सिद्धार्थ बिजनेस ग्रुपका तर्फबाट निर्देशक प्रभाकर खड्काले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरे ।

बैंकका ग्राहकहरुले देशका विभिन्न स्थानमा रहेका प्रसिद्ध होटल, रेष्टुराँ, अस्पताल, गहना गृह, कपडा, चश्मा तथा घडी पसल, मोबाइल, ल्यापटप तथा सम्बन्धित समाग्री, खेलकुद समाग्री, फर्निचर, विद्युतीय दुई पांग्रे सवारी, कस्मेटिक, बुटिक लगायत अन्य स्थानहरुमा आफु हिमालयन बैंकका ग्राहक भएको कुनै पनि परिचय (डेबिट÷क्रेडिट कार्ड, चेक बुक, स्टेटमेन्ट आदि) प्रस्तुत गरेमा भारी छुट पाउने छन् ।

सिद्धार्थ बिजनेस ग्रुपको होटल, रिसोर्ट, रेष्टुराँ, क्याफे सहित अन्य विभिन्न स्थानमा हिमालयन बैंकका ग्राहकबर्गहरुले पाउने छुटको प्रतिशत तथा समाग्रीहरुको बारेमा विस्तृत जानकारीका लागि हिमालयन बैंककोे अधिकारीक वेभसाइट  www.himalayanbank.com  गई हेर्न सक्नेछन् ।

बैंकले देशभरिका विभिन्न ७५ स्थानबाट सुरु गरेका विषेश छुटको व्यवस्था हाल बढेर १ सय वटा भन्दा बढि स्थानमा लागु भएको तथा निकट भविष्यमा बैंकले यस योजना देशभरि कम्तिमा २ सय वटा थप स्थानहरुमा विस्तार गरि आफ्ना ग्राहकवर्गहरुलाई छुट सुविधा प्रदान गर्ने लक्ष्य लिएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

नबिल बैंकले स्थापना गर्‍यो डिजी बैंक, ग्राहकले पाउनेछन् यस्ता फाइदा

काठमाडौँ । नबिल बैंकले, नबिल बैंक भित्रको डिजिटल बैंकको अवधारणामा, ‘नबिल डिजि बैंक’ स्थापनाको घोषणा …

प्रतिकृया दिनुहॊस