सुनको मूल्य घट्यो

काठमाडौं । सुनको मूल्य आज प्रतितोला १ हजार ५ सयले घटेको छ । बिहीबार सुन प्रतितोला ७५ हजारमा कारोबार भएको सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । यसअघि हिजो (बुधबार) सुन प्रतितोला  ७६ हजार ५ सयमा कारोबार भएको थियो । आइतबार १५ सयले घटेर प्रतितोला ७७ हजारमा कारोबार भएको सुन सोमबार ५ सय रुपैयाँले बढेको थियो ।

मंगलबार सुन ७५ हजार ५ सयमा कारोबार भएको थियो । यस हप्ता सुनको मूल्य घटबढ हुने क्रम निरन्तर रहेको छ । चाँदीको मूल्य पनि आज ३० रुपैयाँले घट्दै प्रतितोला ६८० रुपैयाँमा कारोबार भइरहेको छ । कोरोना भाइरसको प्रभावका कारण सुनको मूल्य घटबढ भएको महासंघले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

उच्च बिन्दुमा सुनको मूल्य, १ लाख ३९ हजार नाघ्यो

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य स्थिर छ भने चाँदीको भाउ घटेको छ …

प्रतिकृया दिनुहॊस